Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार अशो‍क बि.सी. का चोटिला ५ मुक्तकहरु

मुक्तककार अशो‍क बि.सी. का चोटिला ५ मुक्तकहरु

सतीश चापागाईं

६, जेठ २०७६
images
मुक्तक - १ आँधी चलाइदिन्छु अनि हुरी चलाइदिन्छु उनी आउने बेला मौका कुरी चलाइदिन्छु यति सोझोको दिल चोरेर भाग्नेको नाममा अब गएर अदालतमा उजुरी चलाइदिन्छु । मुक्तक - २ बढ्न सक्छ गद्दारीहरुको कला अझ पनि अनि पार्देलान् ठाउँको ठाउँ थला अझ पनि यदि निर्मलाको हत्यारालाई यत्तिकै छोडे त बलात्कार होलिन् कैयौं निर्मला अझ पनि । मुक्तक - ३ ती आँखाबाट आँसु झारेको कहिल्यै भुल्दिनँ के भो भन्दा बहानामै टारेको कहिल्यै भुल्दिनँ पढाईको लागि घरबाट छुट्ने बेलामा आमाले बाबु भन्दै यी गला मुसारेको कहिल्यै भुल्दिनँ । मुक्तक - ४ यो ज्यानको असल साथी बन्ने भए आऊ सारा संसार अशोक नै हो भन्ने भए आऊ जे गरे नि नेपालमै गरौंला धाउदिनँ विदेशतिर बाँझो इजर भीरपाखा तिमी खन्ने भए आऊ । मुक्तक - ५ कहिले बढी त कहिले कम देखाउँछु शब्दमा नि बारुद अनि बम देखाउँछु यो लेखेर कैनै गर्छ र भन्नेहरुलाई मैले हेर्दै जानु कत्ति छ कलमको दम देखाउँछु । धनगढी उपमहानगरपालिका वडा नम्बर - ५ तारानगर, कैलाली । ( -अशोक बि. सी. का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ६, २०७६ सोमवार - १०:२२:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend