Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

"निमुखामाथी सधै कुठाराघात भयो ।" -गोम बिक्रमका ५ मुक्तकहरु

"निमुखामाथी सधै कुठाराघात भयो ।" -गोम बिक्रमका ५ मुक्तकहरु

सतीश चापागाईं

६, जेठ २०७६
images
  मुक्तक -१ जीवनभरी श्रम गर्दा, आराम लिन बेर भयो हाड घोटेर जुटाएका, जमीन बाँझो धेर भयो जीउमा न त धूलो हुन्छ, कुरा तिनकै ठूलो हुन्छ पसिना बग्छ एउटाको, बस्नेहरुको भतेर भयो । मुक्तक -२ निमुखा सोझा जनताको, जहिले पक्षपात भयो सुन-काण्ड, निर्मला-काण्ड, दर्जनौं खुराफात भयो न्यायको उपहास गरी, नचाहिँदो बकबास गरी पोल-पोलमा देखिन्छ नयाँ, युगको शुरुअात भयो । मुक्तक -३ देश छोड्छौ र आफ्ना छोड्छौ, काम अनि मामको लागि पसिना र सीप बेच्छौ, फगत यौटा दामको लागि जस्तो दु:ख भोगाइराख, अस्तित्व त जोगाइराख संसारकै कुबेर पनि, मर्छन् आखिर नामको लागि । मुक्तक - ४ तारामण्डले झुपडीमा, न त लाउने माड भए न त आए दशै तिहार, न त रसिला चाड भए सानाले खेप्दा आँधी-हुरी, ठूलाको उस्तै चुरीफुरी लोेकतन्त्रको आडमा सध‌ै, सेकिने सधै ढाड भए । मुक्तक - ५ सत्यतामाथी सधैभरी, ठोकिने उस्तै लात भयो शक्तिको आड लिएपछि, निर्धामा पक्षपात भयो न्यायको दुहाई दिनु किन, पर्थेन अन्यायी निहुरिन ? निमुखा-सीधा जनतामाथी, सधै कुठाराघात भयो । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ जेठ ६

images
प्रकाशित मिति :जेठ ६, २०७६ सोमवार - १०:२९:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend