Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मोटरसाईकल हेर्ने त्यो रहर -महेश भट्टराई

मोटरसाईकल हेर्ने त्यो रहर -महेश भट्टराई

सतीश चापागाईं

७, जेठ २०७६
images
  म करिब १०/१२ बर्षको थिए होला । तेति बेला पाल्पा जिल्लामा मोटरसाइकल करिब १०-१५ मात्र थिए होला । तिनाऊ जलाधार परियोजनामा २-४ XL मोटरसाइकल थिए जुन कच्चि बाटो हिलो धुलो वा मानिस हिड्ने बाटो पाए दौडिने गर्थे । दौडाउनेहरू पनि ६ फिट अग्ला बिदेशीहरू नै थिए । स्कुलको इन्टरवलको बेला थियो । धुलो उडाउदै एउटा मोटरसाईकल सराईको स्कुल अगाडिबाटै खहरे रूप्से तिर दौडियो । इन्टरवलको बेला नजिक बाट हेर्न हामीहरू पनि पछि पछि दौड्यौ । कता आफ्नै कामले हिडेको खैरे किन रोक्थ्यो र ? एउटा साथीले भन्यो “ आज यो खैरेको मोटरसाईकल लाई रोकेर नजिकबाट मज्जाले हेर्नु पर्छ ।” सबै साथीहरूले हाँ मा हाँ मिलाए । सराईबाट खहरे जाने खेतमा कच्चि बाटो थियो । अर्कोले उपाए निकाल्यो “ केटा हो यो खेतको डल्ला माटो ल्याएर बाटोमा पर्खाल लगाऊ !” हामीहरू पनि सहमत हुदै करिब एक घन्टा नै लगाएर बाटोमा माटोको डल्लाको ठुलै पर्खाल लगायौ । सबै हामी ढुक्कै थियौ त्यो खैरेले सबै बाटो सफा गर्दा त्यसको २-३ घन्टा त पक्कै लगाउछ । हामीहरूले नजिक बाटै राम्ररी ठुलै मोटरसाईकल देख्न पाउने आशले मख्ख र खुशीले गदगद थियौ । त्यो खैरे कतिबेला फर्केला भनेर कुरि बसेका थियौ । स्कूल जाने कुरा त भुलि सकेका थियौ । एकले चिच्यायो “ लौ आयो आयो लुक लुक, सबै ठुलो आलि मुनि गएर लुक, देँख्यो भने भाग्छ, लुक !” सबै पर आलि मुनि मुसो कुरेर बसेको बिरालो जस्तै गरेर लुकेर बस्यौ । भुटुटु पार्दै खैरेले मोटरसाईकल रोक्यो ।हामीहरू सबै खुशीले गदगद थियौ । आज चाहि मोटरसाईकल कसरी गुड्ने रहेछ र एक एक पाटपुर्जा नजिकबाट हेर्न पाउने भएर मख्ख थियौ । खैरे माटोको डल्ला लाई एक लातले हान्यो, हाम्रो पर्खाल ढल्यो । मोटरसाईकल बिस्तारै अघि बढायो र अनि अनौठो मान्दै वा डरले पनि होला बेस्सरि कुदायो । हामी तेहि डल्ला उठाएर हान्दै करायौ “साला खैरे हामी लाई उल्लु बनाएर गयो ।” अर्को करायो “ अर्को पटक आइस भने ढुंगाको पर्खाल लगाउछु ।” अर्को दिन स्कूलबाट भागे बापत सरले हातमा लठ्ठिले सुम्ला उठ्ने गरि पिटाई खाँएको कुरा चाहि नभनौ क्यारे ! पाल्पा अहिले: बाल्टिमोर, अमेरिका

images
प्रकाशित मिति :जेठ ७, २०७६ मंगलवार - १७:१७:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend