Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार सुचिता काफ्लेका ५ चोटिला मुक्तकहरु

मुक्तककार सुचिता काफ्लेका ५ चोटिला मुक्तकहरु

सतीश चापागाईं

८, जेठ २०७६
images
  मुक्तक -१ अहो ! तिम्रो लागि ज्यानै त्याग्छु भन्ने पनि देखियो पानीमा बसेर यत्तिकै ओभानो बन्ने पनि देखियो पढें जति सबै सज्जन कहाँ छन् र मान्छेहरू यहाँ ? बसेर आफू रूखमा उल्टै जरो खन्ने पनि देखियो । मुक्तक -२ थाहै नपाई आफै जल्छन् रे अरूको मन भाँड्नेले पूण्य आर्जन गर्छन् रे सत्यले कमाको धन बाँड्नेले इमान छोडी बेइमानतिर लागेकाको के गर्नु भरोसा हृदय शून्य बनाई फसाउँछ रे अरूलाई खाल्टो खनी गाड्नेले । मुक्तक -३ बाटो भरी काँडा होलान् प्रिय पन्छाएर आऊ मलाई राख्ने त्यो दिलको महल सजाएर आऊ बा-आमाकी एउटी छोरी हुँ भागेर जान मिल्दैन बिहे गरी लान्छौ भने प्रिय नौमति बाजा घन्काएर आऊ । मुक्तक -४ साँझ बिहान धूप बाल्न तुलसीको मोठ नै मन पर्छ गाउँमै जन्मेर गाउँमै हुर्किएँ गाईगोठ नै मन पर्छ कर्मै खोटो भएरै हो कि हाँस्ने बहाना कतै पाउँदिन त्यसैले मलाई चसक्क दुख्ने घाउ चोट नै मन पर्छ । मुक्तक -५ देखिन कतै विदेशमा मैले अन्नपातको भखारी व्यापक रहेछन् मासु खाने थोरै मात्रै शाकाहारी कति खानु पिंज्जा बर्गर पाउरोटीमा जाम दलेर सम्झेकी छु आफ्नै घरको दालभात अनि तरकारी । - सुकेधारा काठमाण्डौं । (- सुचिता काफ्लेका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ८, २०७६ बुधवार - २१:४४:१० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend