९, जेठ २०७६
एस.एल.सी.को परिक्षाको नतिजा आएपछि, म पढ्नका लागि म बानेश्वरको ग्लोबल कलेजमा भर्ना भएँ । आर्थिक अवस्था राम्रो भएकोले मलाई कसैसँग मिलेर बस्न आवश्यकता नै थिएन । एक्लो छोरा ! घरबाट जे जसरी पनि सेवा र सुविधा पुर्याउन सक्नुहुन्थ्यो । मलाई कहिल्यै दु:ख परेन । एस.एल.सी.मा ८२% ल्याएर पास भएपछि त झन् बाबाआमाको पनि शिर ठाडो भएको थियो ।
काठमाडौंमा धेरै साथी भए । मलाई घमण्ड गर्ने, नराम्रो व्यवहार भएका, जाँडर-क्सी खाने, चुरोट पिउनेहरुको समीपसम्म हुन मन लाग्दैन थियो । एक्लो छोरो भए पनि जिन्दगीमा नराम्रो काम कहिल्यै गरिन् । त्यसैले त आमा-बाबालाई मप्रति ठूलो बिश्वास थियो । मैले आफू जस्तै स्वभावको एउटा साथी पाएको थिएँ - 'विनय'|
विनय निकै सरल, सहयोगी र पढ्नुपर्छ भन्ने धारणा भएको मिलनसार कक्षा साथी थियो । स्वभावले न हो मान्छेलाई नजिक बनाउने..! ऊ र उसकी दिदी सँगै बस्थे काठमाण्डौमा । दिदी पनि पढ्नु हुन्थ्यो । म उसको कोठामा गइरहन्थे प्राय : । विनयको दिदी आफ्नै दिदी जस्तै लाग्थ्यो । आफ्नी दिदी हरेकलाई राम्री लाग्छ । तर हाम्रो दिदी साँच्चिकै राम्री हुनुहुन्थ्यो । पूर्णिामाको जून जस्तै राम्री । दिदी विनयसँग भन्दा बढी मसँग मिल्नु हुन्थ्यो । मिठो केही पकाउनु भयो भने मलाई बोलाइ हाल्नुहुन्थ्यो । कैयौं रात त्यहीँ कोठामा सुतेकोछु । मलाई आफ्नो कोठा र त्यो कोठामा केही फरक लाग्दैन । कति पटक दिदीले कोठा किन लिनु पर्यो । यहीँ बस् पनि भन्नू हुन्थ्यो तर म मान्दिनथेँ ।
दिदीको बिहे हुने कुरा पक्का भयो र घर जानू भयो । मलाई भने रोइकराई गरेपछि मात्र बुबाले बाइक किनिदिनु भएको थियो । मलाई आफूसँगै लिएर जानको लागि विनय घर गएको थिएन । बिहेको दुई दिन अगाडी म र विनय बाइकमा विनयको घर गयौं ।
बिहेको रौनक !!
घर पुग्दा दिदीलाई देखेँ - " दिदी दर्शन !!"
"भाग्यमानी भएस् बल्ल आइस् ? बाइकमा किन आएको यत्रो लामो बाटो कहिल्यै भनेको मान्नी होइन बसमा आइज भनेको होइन ?" भेट्नासाथ गाली गर्दै भन्नू भो ।
"हे दिदी कति डराएको केही हुन्न हामीलाई !"
आमा बुबासित पनि भेट भयो । साँच्चै संस्कारी परिवारको साथी चाहिँ पाएकै हुँ भन्नेमा गर्व लाग्यो आफूप्रति ।
दिदीको बिहे पनि सकियो । समय बित्दै गयो । अब दशै आउन लागेको थियो । म दुई दिन पछाडी घर आएँ । दशैं मनाएर फेरि काठमाडौं गएँ । भिनाजुको पनि दशैं पछाडी फ्लाइट रहेछ । बिचरा बिहे गरेको १ महिनामा नै बिदेश जानू पर्यो भिनाजुलाई । दिदी र विनय अझै काठमाडौं न आउँदा मलाई शून्य लागेको थियो ।
दिदी अब काठमाडौं नबस्ने भएपछि म र विनयसँगै कोठामा बस्ने भयौं । हामी औधी मिल्थ्यौं । भन्छन् नि कतिपय ठाउँमा रगतको नाताभन्दा भावनाको नाता दरिलो हुन्छ ।
एक दिनको कुरा हो विनय घर काम परेर घर गयो । म काठमाडौं नै थिए । दिदी काठमाडौं आउँदै हुनुहुँदो रहेछ । कलेजको कागजहरु के-के मिलाउन छ भन्नू भएको थियो ।
दिदीले काठमाडौ छोडेको पनि पुरै एक साल हुन थालेको थियो । दिदीले पहिला विनयलाई फोन गर्नु भएछ । विनयले म घर आएकोछु । काठमाडौ त हरि मात्र छ भनेपछि पुनः मलाई फोन गर्नु भएको रहेछ ।
नयाँ नम्बरबाट फोन आयो
"हेल्लो ! हेल्लो !!"
" हेल्लो !" जवाफ दिएँ ।
मैले उहाँको बोली चिनीहालेँ । -"ओ हो ! आज कताबाट सम्झिनुभयो दिदी ?"
"म काठमाडौ आएको विनय पनि रहिन रहेछ मलाई लिन आइज त बसपार्क समान पनि धेरै भयो ।" - उताबाट दिदीले भन्नुभयो ।
बाइक लिएर तत्कालै बसपार्क गएँ । दिदीलाई लिएर आएँ । बिहेपछि केटीहरुको सुन्दरता झन् बढेर आउँछ भन्थे हो रहेछ । कति राम्री हुनुभएको दिदी । आफ्नोपन र मायाले पनि हुनसक्छ । मलाई दिदी असाध्यै राम्री लाग्थ्यो ।
थकाइ लागेको होला आराम गर्नु भनेर म भान्सा कोठामा प्रवेश गरे । दिदी फ्रेस हुनुभयो हात-मुख धुनुभयो । मैले खाना पकाएँ दुबै मिलेर खायौं । भाँडा माझ्न खोज्दा दिदीले दिनु भएन ।
म बाथरुमबाट नुहाएर निस्किँदा दिदी कोठामै हुनुहुन्थ्यो । मलाई एकतमासले हेरिरहनु भएको थियो । मैले स्याण्डो बण्डी लगाएको थिएँ ।
" निकै घोरिएर हेर्नू भो नि दिदी कहिल्यै नदेखे जस्तो ? "
" केही होइन एक सालमा पनि कति ठूलो भएको होस् । बिहे गर्ने बेला भएछ अब तेरो पनि ।"
" गर्छ अहिले बिहे जागिर नखाई गर्ने होइन । "
" काठमाडौ मै बुहारी राखेको होला मलाई झुठो बोल्छ ।"
" दिदी पनि ! के भयो तपाईंलाई म त्यस्तो केटा लाग्छ हजुरलाई ?"
" खोइ के थाहा मलाई ?"
हाम्रो एउटा कोठा भएकोले कपडा फेर्न कि म बाहिर जानू पर्थो या दिदी बाथरुमभित्र गएर कपडा फेर्नु पर्थो । दिदी उठेर केही कपडा बोकेर बाथरुम जानू भयो । आफूले लगाएको कपडा खोलेर मेक्सी लगाउनु भयो ।
मैले पछि दिदी-भिनाजुको सञ्चो बिसञ्चो बिस्तारसित सोधे । दिदी पहिलाभन्दा भिन्नै हुनुभएको महसुस भयो ।
रात ढल्किँदै थियो । दिदी विनयको खाटमा म आफ्नो खाटमा सुत्यौँ ।
मस्त निन्द्रामा मध्यरातमा अनायासै कसैले मलाई चलाएको, छातीमा हात राखेको महशुश हुन्छ । कसो-कसो उकुस-मुकुस हुन्छ । आँखा अलि-अलि मात्र खुलेका जस्ता मात्रै थिए । हातले छामछुम गर्दा मान्छे जस्तै लाग्छ ।
" दिदी....!" अनायासै मेरो मुखबाट शब्द फुत्कीहालेछ ।
"के भयो ? किन डराएको ? म हो ।" -दिदीले सुस्तरी भन्नू भयो ।
मलाई आश्चर्य लाग्यो तर मुटु भने डराउन छोड्यो । किनकी दिदी रहेछिन् भन्ने कुरामा ढुक्क भएँ ।
अनि मैले तत्काल सोधीहालेँ - "के भयो र किन आउनु भएको नि ?"
दिदीले सुस्तरी लगभग कानैमा आएर भन्नू भो - " तेरो भेनाको पो याद आयो । "
अनि दिदिले अचानक मैले यस्तो हुन्न अहिले जानू र सुत्नु भन्दा पनि नमानेर मलाई अंगालोमा बाँध्नु थाल्नुभयो। अंगालोबाट उम्किन खोजे पनि म उम्किन सकिनँ ।
दिदी - "कति राम्रो भएको होस् तँ अचेल ?"
म बोल्न सकिनँ मौनता साँधेर बसेँ ।
"अझ त्यो स्याण्डोमा त झन् दुरुस्तै भिनाजु जस्तै देखिएको थिइस् । "
बल्ल मलाई थाहा भयो कि दिदी मलाई देखेर किन टोलाउनु भएछ भन्ने । उनीबाट आफूलाई केही गरी बचाउन नसक्ने भएँ । चिच्याउन पनि मिलेन कस्तो अप्ठेरोमा परेँ । मेरो प्रतिकारका बाबजुद पनि अनुहार भरी चुम्बन बर्षाउन थाल्नु भयो । म उहाँको मुठ्ठीको फूल भएँछु चाहना अनुसार पूजा गर्न, सुँध्न, सजाउन, मिच्न जे गरेर पनि आफ्नो स्वार्थ लिन सकिने इच्छा अनुसार । कताकता मलाई निक्कै नमज्जा पनि लाग्यो । संसारमा आफ्नो कुमारत्व गुमाउनुको अथाह पिडा भइरह्यो । रातभरी दिदीले मलाई आफ्नो काखबाट उम्किन दिनु भएन । मलाई कहिले बिहान हुन्छ भन्ने मात्र भएको थियो । बिस्तारै सूर्यको प्रकाशल ेपृथ्वीमा प्रवेश पाएसँगै दिदी बिस्ताराबाट उठ्नुभयो । कति फ़ूर्तिलो भएर नुहाउनुभयो । खाना बनाउनु भयो । मलाई भने नुहाए पनि आँखाभरी त्यही रातका दिदीका क्रियाकलापहरु मात्र आँखाभरी आइरह्यो झल्झली । आँखाबाट आँसु गालाको बाटो हुँदै पानीसँग बग्दै थिए । दिदीले बाहिरबाट चिच्याउँदै हुनुहुन्थ्यो -
"ओए ! छिटो गर । खाना खाएर तँ र म कलेज जाने हो !"
"हवस् !" भन्दै बाहिर निस्किएँ । अनि खाना खायौं मैले भने शिर उठाएर दिदीलाई हेर्न सकेको थिइन् । घरीघरी हेर्दा पनि दिदीले भने मलाई नै हेर्नू भएको थियो ।
"कस्तो आइमाई जस्तो तँ त ? जे भयो भैसक्यो छाडिदे अब ? तँ नजाने भए म जाऊँँ एक्लै ?"
मैले टिठले बोले - "होइन होइन दिदी म पनि जान्छु ।"
दिदीको कलेजमा गएर सर्टिफिकेट निकाल्नु पर्ने रहेछ, निकालियो । कोठामा आयौं । दिदी आज घर नजाने हुनुभयो । मेरो भने मुटुको ढुकढुकी बढ्न थालेको थियो । थाहा थियो आज फेरि म दिदीको इच्छामा चल्नुपर्छ । उहाँले बडो जाँगरसित खाना बनाउनु भयो म भने टाउको धेरै दुखेको बहाना बनाइरहेको थिएँ ।
खाना खाएपछि दिदीले बडो स्नेहपूर्वक -"त्यसोभए त औषधी खान पर्छ ।" भन्नू भयो र बाहिर गएर औषधी ल्याएर दिनुभयो । खाना खाएपछि मैले दिदीले दिएको औषधी नहेरी खाएँ । उहाँप्रति विश्वासले खुशी लागेको थियो । आज त बचियो भनेर ।
तर टाउको दुखेको औषधी नदिएर दिदीले उत्तेजित तुल्याउने औषधी दिनु भएको रहेछ । एक घन्टापछि मलाई शरीरबाट पुरै पसिना छुट्न थाल्यो, छट्पटी हुन थाल्यो । दिदी बोल्नु भयो - " के भयो केटा ?"
"केही होइन ।" - सम्हालिँदै मैले भने ।
" ओहो ज्वरो आएछ !" मेरो निधारमा छाम्दै दिदीले भन्नुभो । म आत्तिन थाले दिदी समीप आएपछि ।
" हिजोको याद आयो हो काले ?"
" होइन दिदी ! "
दिदी आज पनि अंगालोमा कस्नुभयो । म भने आफ्नो होश पुरै गुमाएको थिएँ । दिदी आज पुनः आफ्नो धोको पुर्याउनु भयो मसित । म थकित थिएँ बिमारी जस्तै ।
बिहान उठेर नुहाइवरी दिदीले चिया बनाउनु भयो । चिया पिएँ ।
"दिदी म आज घर जाने हो ।"
" मलाई मेरो राजालाई छोडेर जान मन छैन ।" अनायास दिदीले चुम्बन गर्नु भयो । म अझै मौन छु । दिदी आफ्नो समान बोकेर म जान्छु त आरम गर है भन्नू भयो म टाउको हल्लाउँदै "हुन्छ" भने । घडीमा १० बजेछ दिदी गएको पनि पूरा ३ घन्टा भयो बल्ल मलाई टाउको दुख्न कम भएको थियो । बल्ल तल्ल उठे बाथरुम गएँ । नुहाउन धारा खोले पानीभन्दा पहिला आँसु भुइँमा झरेको थियो । मेरो अन्तर मनको कुरा अझैसम्म कसैलाई भनेको छैन । भनूँ पनि कसरी ? त्यसपछि आजसम्म उहाँको सामु कहिल्यै परिन् र कहिल्यै पर्नु पनि नपरोस् ।
समाप्त ।
- नवलपरासी ।
सम्पादन : गोम बिक्रम
(-हरि कँडेलको यो कथा साहित्यकार गोम बिक्रमले संकलन र सम्पादन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)
प्रकाशित मिति :जेठ ९, २०७६ बिहिवार -
२१:४८:३२ बजे