Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

ऐना (कविता) - सरोजा पीयूष

ऐना (कविता) - सरोजा पीयूष

सतीश चापागाईं

१०, जेठ २०७६
images
पटक्क मन पर्दैन ऐना अचेल यसले मेरो आध्यात्मिकताको बलात्कार गरेर सर्वनाश गर्छ भोतिकतालाई उजागर गरी यसको अघि उभिँदा विश्व सुन्दरी बनाँउछ यसले आफूलाई आफ्नै रुपसित मक्ख परी एकछन् यसै भुली जाने एक सेकेण्डमै चुकी जाने यो ऐनामा यत्रो बिश्वास ? कुनै दिन ऐनासितै झरयामझुरुम भएर जान्छ मेरो रुपको सीमित घमण्ड सीमित बुद्धि भएको मान्छेले नै बनाएको ऐनासित किन यति साह्रो लगाव मेरो ? चलचित्रका हिरोइनले करोडौं कमाएर सानो झुटो विज्ञापनको सुगन्धित साबुन गालामा दल्दा त्यही एेनामा टाँसिन्छु म अर्की नायिकाले खोल मात्रै देखाउँदा पर्स रित्याएर कस्मेटिक दोकान पसेर किनेको लिपिस्टिक घस्दा पनि यही ऐनामै झुकाऊँ मेरो ? भोतिकतामा डुबेर आध्यात्मिकता मार्ने ऐना पटक्क मन पर्दैन अचेल । - पोस्ट मङ्पु ७३४३१३ दार्जिलिङ्ग, भारत । (सरोजा पीयूषको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १०, २०७६ शुक्रवार - १८:४४:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend