Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मुक्तककार आकाश थापाका ५ चोटिला मुक्तकहरू

मुक्तककार आकाश थापाका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

१०, जेठ २०७६
images
मुक्तक - १ मभन्दा नि थोरै ठूली कहिले हुन्छौ तिमी ? अनि सुन्दर बाटुली कहिले हुन्छौ तिमी ? भोली-भोली भन्दा-भन्दै बर्षौ बित्यो पूजा, साँच्चै भन मेरो बेहुली कहिले हुन्छौ तिमी !? मुक्तक - २ थाहा छैन नहेरी देख्छन् कि हेरेरै देख्छन् देखेपछि फेरी गल्ती जति सबै मेरै देख्छन् प्रियसी, साँझ परेपछि झ्याल लगाउन नभुल्नू तिम्रा छिमेका बा'ले आँखा धेरै देख्छन् । मुक्तक - ३ यो मन जलेर खरानी नुहुने रहेछ र सोचेको जस्तो जिन्दगानी नहुने रहेछ अब यी जेठमा बिहे गर्नु पर्छ यार सधै च्यापेर सिरानी नहुने रहेछ ! मुक्तक - ४ तिम्रो छोरा पैसामा बिक्यो भनेर पढाइबाट पनि हात झिक्यो भनेर यस्तै यस्तै गाउँभरि हल्ला छ रे आमा गाँजा,रक्सी चुरोट खान सिक्यो भनेर । मुक्तक - ५ कहिल्यै नछुटिने प्यार बनाउँछु ढिलै नगरी हतार बनाउँछु धेरै देखे यार प्रेमका रोगीहरू अब मैले यसको उपचार बनाउँछु सन्धीखर्क न. पा, अर्घाखाँची हाल : देविनगर, बुटवल । (-आकाश थापा 'भुन्टे' का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १०, २०७६ शुक्रवार - १९:००:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend