Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

डा. श्याम न्यौपानेका चोटिला ५ मुक्तकहरू

डा. श्याम न्यौपानेका चोटिला ५ मुक्तकहरू

सतीश चापागाईं

१०, जेठ २०७६
images
  मुक्तक -१ थिति हाे कि बेथिति हाे याे सुव्यवस्थाकाे कस्तो रीति हाे याे करका नाममा निचाेरेर दीनहीन छट्टु पाेस्ने कस्तो नीति हाे याे । मुक्तक -२ देश बनाउने नयाँ पारा हेर्नुस् त जनाेत्थानका चिप्ला नारा हेर्नुस् त हाम्रो अभावलाई भजाएर मज्जाले माथि के गर्दै छन् सर्वहारा हेर्नुस् त । मुक्तक -३ झुटकाे मीठो गीत गाउनू कहिलेसम्म ? खुट्टामा बन्चराे चलाउनू कहिलेसम्म ? मिथ्या टिक्दैन भन्ने जान्दाजान्दै पनि ! बालुवाकाे महल बनाउनू कहिलेसम्म ? मुक्तक -४ गधालाई पनि गाई बनाइन्छ रे शहरमा शकुनिलाई सलामी चढाइन्छ रे शहरमा चेतनाकाे स्तर निकै बढेर हाेला त्यहाँको भ्रष्टाचारीलाई अाैधि सह्राइन्छ रे शहरमा । मुक्तक -५ इमान्दार भन्ने नै बेइमान भैदिएपछि कसकाे के लाग्छ छलीहरू समाजका शान भैदिएपछि कसकाे के लाग्छ सज्जनहरू भ्रष्टका सेपमा परेर बलिका बाेका भा'छन् भ्रष्ट नै देशकाे पहिचान भैदिएपछि कसकाे के लाग्छ ? सुनवल १२ भुमही, नवलपरासी । (- डा श्याम न्यौपानेका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १०, २०७६ शुक्रवार - १९:१२:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend