Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तककार सन्तोष अम्गाईंका ५ दमदार मुक्तकहरु

मुक्तककार सन्तोष अम्गाईंका ५ दमदार मुक्तकहरु

सतीश चापागाईं

११, जेठ २०७६
images
  मुक्तक -१ बिश्वासकै लागि कसम खुवाई मूर्ति छुवाउनेहरु छन् टुहुरालाई बा-आमा टोकुवा भनेर रुवाउनेहरु छन् कसरी विकसित छ भन्न सक्छु म यो समाजलाई ? जहाँ 'तँ बोक्सी होस्' भन्दै मलमुत्र खुवाउनेहरु छन् । मुक्तक -२ हेर्ने आँखा, सुन्ने कान तिमी नै हौ प्यारी समस्याको समाधान तिमी नै हौ प्यारी मनको कुरा बुझिदिने, मेरो पुकार सुनिदिने मेरा लागि त भगवान तिमी नै हौ प्यारी । मुक्तक -३ हराउनेछ निन्द्रा, भोक तिमी साथमा भए धाउने छैन बजार, चोक तिमी साथमा भए मलाई खुसी पार्नसक्ने तिमीबाहेक केही छैन र त खोज्दिन म अर्थोक तिमी साथमा भए । मुक्तक -४ कानुनभन्दा व्यक्ति ठूलो कहिलेसम्म सरकार ? अख्तियारको ऑखामा फूलो कहिलेसम्म सरकार ? गरिब यो देशमा यसै त यस्तो फितलो छ कानुन अझैॅ कार्यान्वयन खुकुलो कहिलेसम्म सरकार ? मुक्तक -५ घरमा होस यात अन्त केटीकै कुरा गर्छन् जान मन छ भन्दै जन्त केटीकै कुरा गर्छन् बिहे गर्न योग्य उमेर भएरै पो हो कि भेटयो कि त आफन्त केटीकै कुरा गर्छन् । गोरखा हाल : काठमाण्डौं । (- सन्तोष अम्गाईंका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ११, २०७६ शनिवार - १९:२८:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend