Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

'भाँजो हालिरहने सर्वकालिक भए ' -मुक्तककार गोम बिक्रमका ५ चोटिला मुक्तकहरु

'भाँजो हालिरहने सर्वकालिक भए ' -मुक्तककार गोम बिक्रमका ५ चोटिला मुक्तकहरु

सतीश चापागाईं

११, जेठ २०७६
images
] मुक्तक -१ (राजनीति) देशका निम्ति लड्नेहरू, केवल चोकमा सालिक भए तिनकै नाम भजाउने, करोडौंका मालिक भए विवादहरू उठाएर, भाडाका मान्छे जुटाएर राजनीतिमा भाँजो हाली..,रहने 'सर्वकालिक' भए । मुक्तक- २ (लोकतन्त्र) सीधा-सादा जनतालाई, मुटुभित्रको काँडो भा'छ पहुँच हुने चतुरेलाई, कमाइ खाने भाँडो भा'छ देश डुबाइ जानाजानी, नेता-दलको खिचातानी हाम्रो देशको लोकतन्त्र, साँच्चै अचेल घाँडो भा'छ । मुक्तक - ३ (भ्रष्टाचार) आफ्नो भुँडी भर्न जसले, मार्छन् अरूका छाकहरू होइन भनी चोखिनलाई, दिन्छन् उल्टै धाकहरू कालो दाग मनभित्र छ, छिद्रान्वेषी चरित्र छ त्यसैले पो 'नकटाहरु', काट्छन् अरूका नाकहरू । मुक्तक- ४ (फेसन) सुन्दर स्वयं भन्दा धेरै, नक्कल पार्छन् पालिसमा ब्युटीपार्लर धाइकन, थ्रेडिङ केके मालिसमा देश दुनियाँ देख्दै जाऊँ, भो कहानी कति सुनाऊँ ! सोह्र-सत्रभन्दा श्रृंगार, झन्झन् देख्छु 'चालिस'मा । मुक्तक - ५ (महँगी) पाउँदैन भाउ किसानले, जति अनाज फलाए नि उस्तै शोषित पिडित छन्, जति सामन्त ढलाए नि पसिना एउटा बगाउँछ, फाइदा अरुले समाउँछ व्यपारीकै फलिफाप छ, जस्तै है‌कम चलाए नि । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ जेठ १२

images
प्रकाशित मिति :जेठ ११, २०७६ शनिवार - १९:५०:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend