Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तककार प्रकाश घायलका ५ दमदार मुक्तकहरू

मुक्तककार प्रकाश घायलका ५ दमदार मुक्तकहरू

सतीश चापागाईं

११, जेठ २०७६
images
  मुक्तक -१ झरी बादल असिनाले जवानीमै चुट्नु चुट्यो हांडीभित्र खन्याएर कप्टेराले भुट्नु भुट्यो मान्छेको भन्दा फरक फूलको पीर व्यथा रैछ, झुक्याएर भंवराले फूलको बैँस लुट्नु लुट्यो ! मुक्तक -२ नौलो आयामको थालनी गर्नुस् नयाँ शिराबाट डराउनु पर्दैन कोही बिच्छी सर्प र गोब्रे किराबाट काम कर्तव्य र अधिकारको उचित प्रयोग गर्ने सके, अनि कस्ले रोक्न छेक्न सक्छ बन्न देश हिराबाट ! मुक्तक -३ समृद्धि र समाजवादको नयाँ बिरुवा सार्छु भन्छन् सानो जालमा ठूलो माछा कसरी पो पार्छु भन्छन् खुट्टी देख्दै चाल पाइयो कति राम्रो नाच्छन् भन्ने , कस्तो फूर्ति झटारोले जून-तारा नै झार्छु भन्छन् ! मुक्तक -४ अनिद्रा र छट्पटीमा बिते सारा रातहरु मुटु चस्काउने मात्र आउँछन् हरेक बातहरु घायल बनाउन पर्दैन नाम नै काफी छ साथी, मान्छेहरुबाटै मान्छेलाई हुने हो नि घातहरु । मुक्तक -५ बर्षौ बितिसक्दा पनि बास त उहीँ पालमा छ निति-नियम न हाँस न कुखुराको चालमा छ अघाउनेको कुरा अर्को भोको पेटलाइ सोधी हेर, भोकको पिडा देखेनौ र हेर रित्तो थालमा छ ! तारकेश्वर नगरपालिका -७ फुटुङ्ग, काठमाडौ । (-प्रकाश घायलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ११, २०७६ शनिवार - २०:०६:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend