Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

'उफ् ! पाछ्यो, असाध्यै भभायो' भनेर छट्पटिई -जीवन कुमार रोकाका प्रेमिल मुक्तकहरु

'उफ् ! पाछ्यो, असाध्यै भभायो' भनेर छट्पटिई -जीवन कुमार रोकाका प्रेमिल मुक्तकहरु

सतीश चापागाईं

१२, जेठ २०७६
images
  मुक्तक - १ हितैषीहरु छैनन्, रैसालुहरु छैनन् गाउँमा खै ! कुन्नि कता पुगे बैंसालुहरु छैनन् गाउँमा केटाकेटीहरु पारा ल्याउँदैनन्, बुढापाकाहरु सक्दैनन् भन्नै पर्दा जाँगरिला, पैसालुहरु छैनन् गाउँमा । मुक्तक - २ छिल्लिँदै जिस्किँदै हिड्नुमा खुश ठानेर मलाई सिरु उस्ले आफूलाई कुश ठानेर प्रेम प्रस्तावलाई अस्वीकार गरेर हिँडी अल्लारे, लफङ्ङा अनि फन्टुस ठानेर । मुक्तक - ३ अझै उस्तै छ, तिम्रो सताउने बानी उस्तै छ टा...ढा बसेर नि पीर पठाउने बानी उस्तै छ घैंटोमा घाम लाग्यो तर तिम्रो दिलमा लागेन बारबार मलाई झुट बताउने बानी उस्तै छ । मुक्तक - ४ गुन्द्रुक साँधेर खाऊँला कागुन फलाएर खाऊँला दु:खै पायो भने कुटो कोदालो चलाएर खाऊला "बिन्ती परदेशिने कुरा चाहिँ गर्दै नगर्नू -भन्छे बरु गिठ्ठा भ्याकुर खरानीमा गलाएर खाऊँला । मुक्तक - ५ शहरकीलाई गाउँतिर भगायो भनेर छट्पटिई मकैबारीमा काम लगायो भनेर छट्पटिई हुन त मकैको पात, बन्सो पन्छाएरै गोलभेडा सारेको 'उफ् ! पाछ्यो, असाध्यै भभायो'-भनेर छट्पटिई । बेनिघाट गा. पा. रोराङ -४ धादिङ । (- जीवन कुमार रोकाका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १२, २०७६ आइतवार - ०७:३४:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend