Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सिकागोमा बिशेष साहित्यिक कार्य्रकम सम्पन्न 

सिकागोमा बिशेष साहित्यिक कार्य्रकम सम्पन्न 

सतीश चापागाईं

१४, जेठ २०७६
images
लक्ष्मण न्यौपाने /सिकागो अंतराष्ट्रीय नेपाली साहित्य समाज सिकागो च्याप्टरद्वारा आज सिकागोमा बिशेष साहित्यिक कार्यक्रमको आयोजना भयो । अनेसास सिकागो च्याप्टरकी अध्यक्ष बिष्णा देबी बिरहीको सभापतित्वमा भएको कार्यक्रममा समाज सेवी ,भूपु सिकागो ल्यांड नेपलिज फ्रेन्डसिप सोसाईटी अध्यक्ष श्री खेम पाठक ज्यू प्रमुख आतिथि हुनुहुन्थ्यो भने लामो समयदेखि साहित्यिक साधनामा निरंतर लागी रहनु भएका नेपाली वांग्मयका बरिष्ट साहित्यकार अमर त्यागी ज्यू को र जुनका पाईलाकी सर्जक जुनू क्षेत्रीको बिशेष अतिथि हुनुन्थ्यो भने ,समाजसेवी सीऍफ़एनएसका बर्तमान अध्यक्ष टेकराज पौडेल, हिमालयन स्पोर्ट्स क्लबका अध्यक्ष सूरज घिमिरे, अनेसास यु ए यी का सस्थापक एलएन सुबेदी ज्यू लगायतका बरिष्ट समाज सेबी बेक्तित्वहरुको आतिथ्यता रहेको थियो भने कार्यकम लक्ष्मण न्यौपाने आदर्शले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा अमर त्यागी ज्युले गजल लेखनका आधारभूत नियम तथा सिद्धांतको बारे यवम यसको उत्पत्ति नेपाली साहित्यमा यसको महत्व बारे प्रकाश पार्नु भएको थियो/ कार्यक्रम मा सिकागो का झंडै एक दर्जन श्रष्टाहरुले आफ्नो रचना बाचन गर्नु भएको थियो / अन्तराष्ट्रिय नेपाली साहित्य समाज सिकागो च्याप्टरले त्यागी ज्यूलाई उहाको नेपाली साहित्य प्रतिको साधन र समर्पणमा लामो समय देखि लागी परिरहनु भएको हुदा उहाको यस कार्यको उच्च मूल्याकन गर्दै  अभिनंदन गरी अभिनन्दन पत्र हस्तांतरण गर्यो । कार्यक्रमको अन्त्यमा सिकागो लैंड नेपलिज फ्रेंडसिप सोसाईटी मा आपात कालीन सहयोग कोष को स्थापना गर्ने राज थापा ज्यू लाई सम्मान गर्दै  यस कोषले सिकागो बासी नेपाली माथि भैपरी आउने आपत बिपतमा आर्थिक सहयोग गर्न कोष सञ्चालनको  कर्यबिधि बारे जानकारी गराइयो । कोष स्थापनको  १७०१  डलर रकम हस्तान्तर गर्दै राज थापाले यस कोषले नेपाली माथि भैपरी आउने आपत-बिपतमा ठुलो सहयोग हुने र नेपाली नेपाली को एकता ,सस्थाले बहन गर्ने जिम्मेवारी र आफ्नोपन बड़ने बताउदै यसको कोष लाई प्रभावकारी ढंग बाट सञ्चालन हुनेछ भन्ने अपेक्षा ब्यक्त गर्नु भों । राज थापाको यस्तो सामाजिक सहयोगी भाबको प्रसंशा सस्था अध्यक्ष टेक राज पौडेल लगायत  अन्य सम्पूर्ण समाज सेवी बेक्तिवहरुले आफ्नो मंतब्य मा बताउनु भयो ।
   

images
प्रकाशित मिति :जेठ १४, २०७६ मंगलवार - १७:४७:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend