Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तककार दयाराम शर्माका ५ चोटिला मुक्तकहरू

मुक्तककार दयाराम शर्माका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

१६, जेठ २०७६
images
  मुक्तक -१ तिम्रो फुल्दो मुहार धोइरह्यौ, सम्झी-सम्झी आफन्त मूर्ति ठानी छोइरह्यौ सम्झी-सम्झी बिझ्यो कि पीरका काँडा निसासियौ एक्लै या वचनले रेट्यो मन रोइरह्यौ सम्झी-सम्झी । मुक्तक - २ उखुको रस जस्तै जब निचोरिएको हुन्छ धन हेर्ने कोही छैनन् एक युग बिताएका वृद्ध बा ओछ्यानमा छन हेर्ने कोही छैनन् अभावको कालो मुस्लो पक्कै थियो तर अन्तिममा सहारा उन्कै बाह्र सन्तानले भविष्य पाए बाँकी छ झुत्रो जीवन हेर्ने कोही छैनन् । मुक्तक -३ एक्लो जीवनमा बिहानी पवन भइ खुल्यौ हेरिरहेँ गीतको मधुर धुन बन्यौ संसार भर डुल्यौ हेरिरहेँ हो छायाँ बनाई आफू जून भयौ चम्कियौ नभमा आगनसम्म नआउने तिमी मनमा फुल्यौ हेरिरहेँ । मुक्तक -४ घरको व्यथा बुझी टाढिनेको मन हुन्छ कोरा श्रम, सिर्जनमा रमाउने नेपाल आमाका छोरा पसिनासँगै बग्यो जीवन रोकिएनन् आकांक्षा बगर छेउमा गिट्टीसँगै फुटीरहे, हातका फोरा । मुक्तक -५ वात्सल्यतामा घाउ, अत्यास, पीडा र केही चरचर भेट्दैछु नसोच है आमा स्वाभिमानी हुँ अहंमताले च्यादर टेक्दैछु निरीह आँखाले आधा धड्कन बाँकी हुँदा प्रेमको अपेक्षा गरी सपनाको पानामा आँसुको मसिले रहरका अक्षर लेख्दैछु । - दयाराम शर्मा नवलपरासी - १२ हर्कपुर हाल : कञ्चनपुर शुक्लाफाँटा - १० झलारी । (-दयाराम शर्माका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १६, २०७६ बिहिवार - १६:०५:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend