Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार अनवर अली 'अनु' का ५ चो‍टिला मुक्तकहरु

मुक्तककार अनवर अली 'अनु' का ५ चो‍टिला मुक्तकहरु

सतीश चापागाईं

१६, जेठ २०७६
images
  मुक्तक -१ चाहे भिक्षु होस्‌ या अमीर एक दिन मर्नै पर्ने हुन्छ बाँच्नलाई जे गर्दा नि आखिर एकदिन मर्नै पर्ने हुन्छ सबको अन्तिम गन्तव्य मृत्युसम्म नै होला सायद जति मजबुत भए पनि तक्दिर एकदिन मर्नै पर्ने हुन्छ । मुक्तक -२ लिएर दुई-चार स्याउ अनार, खोज्न आयो मुटुमा बोकेर देखावटी प्यार, खोज्न आयो कहिल्यै छोराको कर्तव्य पूरा गरेन जस्ले बिरामी बासित अंशमा अधिकार खोज्न आयो । मुक्तक -३ आफैलाई पारेर विचलित कहाँ भुल्न सक्छु र ? वर्षौँदेखिको चीर-परिचित कहाँ भुल्न सक्छु र ? कति सजिलैसँग भन्छौ तिमी सब भुलिदेऊ भनेर मैले चाहेर पनि ती अतीत कहाँ भुल्न सक्छु र ? मुक्तक -४ मैले गुमाएँ आफ्नो घरखेत जोगाउन सकिनँ आफन्तले गराउँदा नि सचेत जोगाउन सकिनँ उनको प्रेममा परेदेखि छोराको कर्तव्य भुलेको हुँ वृद्ध बा-आमाको इज्जत समेत जोगाउन सकिनँ । मुक्तक -५ हाम्रो पिरती कोपिलामै झर्ला, सोचेकै थिइनँ तिम्रो मन पनि अन्त अन्तै सर्ला, सोचेकै थिइनँ मैले सुनको बाला दिन नसकेरै पराई भएकी हौ यसरी प्रेममा धनको जरुरत पर्ला, सोचेकै थिइनँ । - अनवर अली 'अनु' झापा गाउँपालिका -५ पन्थापाडा, झापा । (- अनवर अली 'अनु' का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १६, २०७६ बिहिवार - १६:१६:२३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend