Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गंगा (कथा) -लक्ष्मण पौड्याल

गंगा (कथा) -लक्ष्मण पौड्याल

सतीश चापागाईं

१६, जेठ २०७६
images
  वैसाख महिनाको अत्यन्तै उष्णतायुक्त मौसममा आफ्नो सदनको पछाडीको मैदानमा केही पवनको अपेक्षा गरेर म हिँड्दै थिएँ । मेरो पछिपछि अन्य अन्य मानिसहरू पनि आउँदै थिए। ती सम्पूर्ण मानिसहरू मध्ये कुनै एक स्रीसँग मेरो नयन पुग्यो । नयनसँगसँगै हृदयमा अनेकौं कथनहरू उत्पन्न हुन थाले । म आफूलाई सम्हालेर आफ्नो पथतर्फ लागे परन्तु उनी पनि मेरो मार्गको पछिपछि पादहरू चाल्दै थिइन् । मेरो देह पनि शिथिल भइसकेको थियो । संयोग त्यहीँ एउटा वृक्षको मुनि बसेर गगनमा उडेका पक्षीहरूलाई हेर्दै हाँस्दै थिएँ । अकस्मात् उनी पनि मेरो नजिक आएर "हेलो !" पागल त हुनु भएन होला नि भनेर प्रश्न गर्छिन् । म पनि उनको प्रश्न पवनले ग्रहण गर्न नपाउँदै उत्तर दिएँ । " किन ? पागल हुने त ।" उनी भन्छिन् -"यसरी एकान्तमा बसेर हाँस्ने मान्छे पागल हुन्छन् भनेर ।" केही क्षणको लागि म मौनता साँध्दै हुन्छु कतै म पनि पागल त भएको छैन होला नि भनेर अन्तरमनले आफू आफैंलाई प्रश्न गर्न थालें । परन्तु म ठिकै थिएँ । गगनमा पंक्षी उडेको देखेर हाँसेको भन्ने मलाई राम्रोसँग हेक्का थियो । भ्रममा भने उनी दौडिएकी रहेछिन् भन्ने राम्रोसँग ज्ञात भयो । यसरी नै एक आपसमा चर्चा गर्दै गयौँ समय पनि अल्प हुँदै गएको थियो । परन्तु मेरो हृदयमा कुनै यस्तो अनौठो उक्ति उत्पन्न भयो । यसरी अपरिचित स्रीसँग बात गर्नु सही जस्तो मलाई लागेन । उनी भने अनेकौँ प्रश्नहरू राख्दै थिइन् । एक साथी सम्झेर भनौं वा स्नेही सम्झेर भनौँ । त्यसैले उत्पन्न भएका मेरा घटिया प्रश्नलाई बन्द गरेर कुनै सुन्दर प्रश्नहरूको पु:न स्थापना गरें । उनीको अनुहारमा भएको त्यो सूर्यको अँशु भन्दा पनि उत्तेजितले मलाई शनै: शनै: उनीतर्फ आकर्षित बनाइ सकेको रहेछ । परन्तु सर्वप्रथम उनको नाम जान्ने ज्यादै आकांक्षा थियो । परन्तु ममा त्यो हिम्मत जुटीसकेको थिएन । आफूलाई नै बोध भएन । उनी पनि आफ्नो निकेतन जान आत्तिएको हुँदा म पनि केही बोलिन । उनी सँगसँगै मेरो मन पनि जान्न खोज्दै थियो । अँहँ त्यो मनलाई समालेर भोलीको प्रतीक्षा गर्न लगाएँ । समय पनि रात हुँदै थियो उनी आफ्नो घरतर्फ जान आत्तिएकी थिइन् । मेरो मन पनि उनको पछिपछि दौडिन चेष्टा गर्दै थियो । परन्तु मनलाई सम्हालेर भोलीको प्रतीक्षा गर्न लगाएँ । त्रास थियो मलाई किन कि भोली हुन त हुन्छ होला नि भनेर । त्यो एक रात मलाई एक वर्ष जस्तो अनुभव भएको थियो र ! रातभरि निन्द्रा पनि आएन । म आफैं आफ्नो मनसँग प्रश्न राख्छु उनीसँग आकर्षित भएको हो भनेर । नभन्दै प्रश्नको यस्तो अनौठो अर्थ उत्पन्न भयो रातभरि निन्द्रा नआउनुको हेतु नै हो प्यारमा आकर्षित भएको भनेर । परन्तु म त प्यारलाई घृणा गर्ने व्यक्ति आज यस्तो अपरिचित स्रीसँग आकर्षित हुनु भनेको त आश्चर्यको कथन भयो । आज त्यो घृणाले नै मलाई प्यारको अनुभवको पात्र बनायो । यसरी नै मनमा अनेकौँ कुरा खेल्दै खेल्दा सूर्यको अँशु खोपीमा प्रवेश गर्छ । म पनि हतारका साथ उठ्छु स्नान गरेर ईश्वरको सामीप्यमा पुगेर खुसी माग्न खोज्छु तर मेरो मुखबाट केवल प्यारको ध्वनि मात्र उच्चारण भयो । साथै तथ्य पनि भयो उनीसँग म आकर्षित भएको रहेछु भनेर । ईश्वरसँग केही कुरा मागिसके पश्चात म भोजनालयतर्फ जननीलाई केही कुरा भन्न पुग्छ । कतै मेरो कुराले जननीलाई असर त पर्दैन होला नि भन्ने ताप थियो । म मुसुक्क हाँसेर ठट्टाका साथ सम्पूर्ण वृत्तान्त बताएँ । जननीलाई भने मेरो कुरामा कुनै चासो लागेनछ । म त सत्य विवरण नै दर्शाएको थिएँ । तर समयले पनि मलाई उनीको सामीप्य बनाउन होला हिजोभन्दा आज चाँडो गए जस्तो लाग्यो । समयसँगसँगै म पनि हिजोको झैं आज पनि आफ्नो निकेतनको पछाडिको मैदानमा पवनको शीतलता ग्रहण गर्ने बाहनामा उनीलाई हेर्न पुगेको थिएँ । हिजोको भन्दा पनि आज उनीलाई झन् राम्री देखें । कसो-कसो गरेर उनका नयन पनि मसँग आइपुगे । नयनसँगसँगै उनी पनि मेरो निकटमा आइन् । "हाई !" म गंगा !!" म केही क्षण मौन हुन्छु । मौनता सँगसँगै आश्चर्य पनि हुन्छ किन कि मबाट बन्दै गरेको "कथाको" नामपनि गंगा भएको हुनाले । उनी प्रश्न राख्छिन् के भयो किन मौन हुनु भएको पनि भनी । म पनि त्यो कुरालाई लुकाएर शब्दलाई अन्तैतर्फ मोडिदिएँ । उनीपनि मेरो नाम जान्ने ज्यादै उत्सुकता भएकी थिइन् । मलाई राम्रोसँग भ्रान्त भएको थियो त्यस्कारण उनले नभन्दै भनिदिएँ मेरो नाम- "लक्ष्मण " भनेर । यसरी नै हाम्रो एक आपसमा कुराहरू सँगसँगै माया पनि बढ्दै गएको हामी दुईलाई ज्ञात भएन । मेरो शरीरलाई सिरानी बनाएर उनले आफ्नो शिर राखेर भन्छिन् -"तपाईले कसैसँग माया गर्नु भएको छ ?" "अँहँ छैन !" मैले सहजै उत्तर दिएँ । " किन ? त नगर्नु भएको ?" " माया शब्दलाई सुन्ने बित्तिकै ममा घृणा उत्पन्न हुन्छ ।" मैले यत्ति भनेको मात्र के थिएँ उनी पागल जस्तै हाँस्न थालिन् र । केही आस्थाहरू दिलाएर गइन् । तपाईमा भएको त्यो घृणालाई निकालेर फ्याँक्न सक्ने शक्ति मसँग छ भन्दै हौसला दिँदै मौन हुन्छिन् । उनको मौनतामा प्रकृति नै स्थिर भए जस्तो अनुभव हुन्थ्यो । सूर्यको अँशु लुब्ध भए जस्तै पवनको वेग रोकिए जस्तै । म आश्चर्य बन्न पुग्छु । मेरो आश्चर्यमा उनी केही शब्दहरू पोख्छिन् -"मलाई यसरी नै प्रत्येक बखत हजुरको सामीप्यमा राख्नु है ।" " हुन्छ नि !" - मेरो मुखबाट अनायास फुत्किन्छ । मानौं हृदयले उनलाई रोजिसकेको रहेछ त्यसैले हरबखत सहमत हुँदोरहेछ । यसरी नै म आफ्ना आकांक्षाहरू प्रकट गर्न थालें । परन्तु मेरा कामनाहरूले उनलाई सहमतिको पथतर्फ हिँडाएन । आस्था थियो एकदिन अवश्य तिमी सहमत हुने छ्यौ भनेर । त्यसैले म पछि हटिदिएँ उनी हर्षित भइन् जीत आफ्नो भयो भनेर । उनको खुसीमा लाखौं मानिस लट्ठ पर्ने जस्तो अनुभूति थियो । मानौं दैवले पनि धेरै मेहनत गरेर बनाएको हुनुपर्छ र त स्वर्गका अप्सराभन्दा कम छैनन् । धैरै समयसम्म हाम्रा कुराकानी हुँदै गए । उनका धेरै चाहनाहरू जान्ने उत्सुकता थियो मलाई र प्रश्न तेर्स्याएँ । प्रश्न पनि दु:ख लाग्दो थियो जुन प्रश्नबाट बनेको काम पनि बिग्रिन कति समय पनि लाग्ने थिएन । 'तिमी कस्तो केटासँग जीवन बिताउन चाहन्छौ ।' भनेर भन्दै थिएँ अचानक चट्ट्याङले गगन गड्गडायो । उनी भयले आफ्नो कान थुनेर बसिन् । मेरो प्रयास र शब्द व्यर्थ खेर गयो तर पनि म दु:खी भएको थिइन । शब्दकोष मेरो हातमा नै भएको हुनाले । उनको भयमा मेरो अनुकरण देखेको हुनाले । मलाई विश्वास त पूरै थियो उनको हृदयको कुनामा मेरो नाम अवश्य नै थियो भनेर । तर पनि पापी मनलाई प्रत्यक्ष जान्ने मनोरथ भएको हुनाले प्रश्न दर्शाएको थिएँ । सायद हाम्रो प्रेममा विछोडको मार्ग आउँछ भनेर दैवले प्रश्नलाई बीच मार्गमा रोकिदिएको हुनुपर्छ । यसरी हाम्रो जीवन हँसिलो हुँदै अगाडी बढ्दै गयो । समय पनि थोरै थियो शब्दहरू धैरै थिए । योजनाको त के ? कुरा गरौँ तर पनि आत्तिन म । कोपिलालाई उखेलेर फ्याँक्नाले शोभा दिँदैन त्यसैले फूल्न दिएको । त्यस्तै हाम्रो माया पनि एउटा कोपिला जस्तै मात्र छ । योजना बन्द गरेको कतै बिग्रिन्छ कि कुरा भनेर डर पनि थियो । मेरो डरलाई प्रत्यक्ष नहुँदै सूर्य लुब्ध हुँदै जान्छ । उनी आफ्नो सदन जान आत्तिन्छिन् । म पनि उनलाई अलिक टाढासम्म पुऱ्याइदिन्छु भनेर भनेको नै थिएँ तर उनी गाह्रो मानेर हुन्छ भनिन् । यसरी हाम्रो प्रेम घट्दै हैन बढ्दै गएको थियो । उनी आफ्नो घरको मार्गतर्फ लाग्नु भन्दा पूर्वमा मलाई एउटा पुस्तकमा केही अक्षर लेखेर दिएकी थिइन् र आफ्नो घरतर्फ लागेकी थिइन् । म पनि त्यो पुस्तकलाई घरमा लगेर हेर्दा कसैको फोन नम्बर रहेछ । त्यो फोन नम्बर गंगाको नै हो जस्तो लागेको थियो । परन्तु मेरो सोचमा अर्को कुरा पनि उत्पन्न भयो । म त मागेको थिइन उनको नम्बर यसरी दिनु भनेको त कुनै एक समस्या अवश्य छ जस्तो लाग्यो । त्यसैले मैले पनि त्यो नम्बर प्रयोग नगरी राखें । रात पनि धेरै ढल्की सकेको थियो निन्द्रादेवी पनि मेरो खोपीमा आएर नयन बन्द गर्न आदेश दिन्छिन् । बन्द भएका सँगसँगै मेरो मन पनि सुषुप्त अवस्थामा पुग्यो । केही क्षण प्रश्चात् चक्षु खोल्दा सूर्यको अँशुले पृथ्वी ढाकिसकेको थियो । म पनि हतार गरेर स्नान गरि ईश्वरको सामीप्यमा पुगेर कुनै एक चीज माग्न पुग्छु । मेरो हृदयको प्रत्येक स्नायुका शाखा प्रशाखाहरूमा रगतको मूल बनेर गंगा नै विराजमान भएकी हुँदा ईश्वरको सामिप्यमा गएर मात्र गंगालाई मागें । यसरी नै मेरा दिनहरू गंगाको सोचमा बढ्दै गएका थिए । मेरो हृदयले पनि मात्र गंगाकै आकांक्षा गर्न थाल्यो । गंगादेखि एक पल पनि टाढा हुन नसक्ने अवस्था म पुग्न थालेको थिएँ । आफूलाई समाल्न नसक्दा मेरो नयनको दृष्टि त्यो नम्बरमा पुग्छ र ! म बाध्य हुन्छु त्यो नम्बरलाई प्रयोग गर्न । एकाएक नम्बरहरू दबाएर गंगाको ध्वनिको प्रतीक्षा गर्छु । मेरो प्रतीक्षा सँगसँगै केही क्षणपछि गंगाको ध्वनि आउँछ । उनी पहिलो शब्दमा नै नमस्कारको सम्बोधन गर्छिन् म पनि नमस्कार प्यारी भन्दै भन्छु । मेरो प्यारी शब्दलाई उनीले श्रवण गर्न साथ फोन काट्छिन् । म दु:खी भएर सधैँको जस्तै त्यो मैदानमा पुग्छु । दिउँसोको सूर्यको ताप र ! मेरो दु:खी हृदयको रापले मलाई जलाएर खाक जस्तो बनाउन थालेको थियो । अचानक गंगा पनि नयनमा आँसुको धारो बोकेर आइ पुग्छिन् । मबाट गल्ती भयो भन्दै क्षमा माग्न थाल्छिन् । लाटी त्रुटी हरेक मानिसबाट हुन्छ यसमा आँसु किन ? खसाल्ने भन्दै सान्त्वना दिलाउन थालें । मेरो सान्त्वनाले उनलाई केही क्षणमा हाँसो प्रदान गऱ्यो । उनीलाई हाँसेको देखेर मेरो मस्तिष्कले नूतन भविष्य कोर्छु भनेर कामना गर्न थाल्यो । जन्म-जन्मातर गंगासँग जीवन बिताउँछु भन्दै मनले मन मनमा भन्न थाल्यो । परन्तु गंगाको के ? चाहना छ भनेर जान्नको निम्ति अनुसन्धान गर्न थाल्यो । जब अनुसन्धान गर्दाखेरि बोध भयो गंगाले मलाई इच्छा गरेकी रहेछिन् भनेर । म पनि उनको आकांक्षालाई व्यर्थ बनाउन सकिन र !केही क्षणमा नै उनीलाई अप्नाएँ । यसरी हाम्रो प्रेम झन् भन्दा झन् गाढा हुँदै गएको थियो । ईश्वरको कृपाले होला वा पूर्व जन्मको कर्मले होला हाम्रो प्रेमलाई धेरैले नकार्न सकेनन् । परन्तु दु:ख एउटा कुरामा थियो । कतै हाम्रो परिवारले हामीलाई निषेध त गर्ने हैन भनेर । यो कुराले गंगालाई भन्दा पनि मलाई ज्यादै दु:खी बनाएको थियो । मेरो दु:खी हृदयलाई केही सान्त्वना दिलाएर गंगा भन्छिन् । किन दु:खी बन्नु हुन्छ हजुरसँग प्रेम मेरो परिवारले हैन मैले गरेको हो भनेर भन्छिन् । परन्तु परिवारलाई छलेर यस्तो गर्नु मलाई उत्तम लागेन त्यसकारण म पछि हटिदिएँ । म हिम्मत हारेर पछि हटेको देखि उनी "नामर्द" भनेर भन्छिन् । मेरो नामर्दपन देखाउन उनको हात समातेर "हिंड तिम्रो घर गएर तिम्रा जनकसँग भन्छु त्यहाँ गएर देख्छौ को नामर्द रहेछ ।" भनी तर्साएँ । परन्तु उनीमा त्यो हिम्मत उत्पन्न भएन र ! दु:खी बनेर क्षमा माग्छिन् । उनले क्षमा मागेको देखेर मेरा नयनबाट आँसुका थोपाहरू झर्छन् । उनी आफ्नो सारीलाई च्यातेर मेरो आँसु सफा गरी दिन्छिन् एक बालक जस्तो सम्झेर । साँच्चै मैले यस्तो माया गर्छिन् भनेर कल्पना पनि गर्न सकेको थिन र !मलाई पूर्ण आस्था भयो हाम्रो प्रेम सच्चा नै रहेछ भनेर । यसरी म पनि धेरै बिलम्ब गर्न चाहन्न थें उनीलाई छिटो भन्दा छिटो घरको मूलद्वारमा ल्याउन चाहन्थें । परन्तु मेरो पढाइले मलाई केही बखत पर्ख भनेर आदेश दिएको हुँदा म पछि हटिदिएँ । गंगा पनि भन्ने गर्छिन् सर्व प्रथम अध्ययन गरेर पूरा गर्नु अनि बल्ल मलाई लिन आउनु भनेर । तर मलाई अझै पनि दश वर्ष जति पढ्ने आकांक्षा थियो । मेरो आकांक्षालाई गंगाले पनि स्वीकृत गरेर भन्छिन् म हजुरको नै हो हजुरको नै हुनेछु । यति हजुरलाई पाउन सकिन भने जीवनभर विवाह गर्दिन भनेर भन्छिन् । उनीको कथन श्रवण गर्नासाथ मेरो हृदयले कुनै कुराहरू जन्माउँछ । कतै मबाट त्रुटी त भएन होलानी जस्तो लाग्यो । मेरो निम्ति गंगा आफ्नो भविष्य बिगार्छिन् जस्तो अनुभव भयो । तर मैले गंगालाई ती कुरा भनिन आफ्नो मनभित्र राखें । साँच्चै गंगा जस्तो मलाई माया प्रेम गर्ने मानिस यो संसारमा जन्म लिएका छैनन् वा लिने पनि छैनन् । यसरी हाम्रो प्रेम जीवन सधैको भन्दा हर्षित् हुँदै जान्छ । जसरी सूर्यको अँशुले पृथ्वीलाई ढाकेको हुन्छ । त्यसरी नै मबाट प्रकट भएको प्यारले गंगालाई ढाकिसकेको थियो । यसरी झन् भन्दा झन् तीव्र भएर गएको थियो हाम्रो प्यार । प्यार संगसंगै मेरा शरीरका अंशहरू गंगाको शरीरमा विलीन हुन जान्छन् । उनको शरीरबाट यस्तो सुगन्ध आएको हुन्छ मनौँ पुष्प पनि पछि हटिदिनु पर्छ । सो सुगन्धले मलाई उनको निकट पारिसकेको थियो । निकट सँगसँगै यस्तो अनौठो कुराको अपेक्षा गर्छ । जसलाई गंगाले निषेध गर्छिन् र ! उनको निषेधले कुनै प्रश्न दर्शाउँछ । जुनदिन म हजुरको हुन्छु त्यो दिन बल्ल हजुरले अपेक्षा गरेका चीजहरू पूर्ण हुनेछन् । केही क्षणको लागि ती कामनाहरू बन्द गरेर राख्नु होस् भन्दै आदेश दिन्छिन् । उनको आदेशमा यस्तो क्रोध पनि विलीन भएर आएको थियो जस्तै सतीदेवी आफ्नो प्राण अग्नीलाई अर्पण गर्दा महादेवले कुनै असुरहरूलाई जन्माएर दक्ष प्रजापतिको आस पासमा रहेका प्रत्येक व्यक्तित्व वा देवताहरूलाई वध गर्ने आदेश दिनु भएको थियो । सो आदेश सँगसँगै तीव्र गतिको बतासले पत्येक देवता वा मानिसहरूलाई मर्न बाध्य बनाएको थियो र ! गंगाको आदेशबाट पनि बिल्कुल त्यस्तै बतास चलेर आएको थियो । त्यो बतासदेखि मलाई लाग्यो अब संसार नै नष्ट हुने भयो भनेर । त्यसकारण कुनै सान्त्वनाका कुरा गरेर गंगाको क्रोधलाई शान्ति दिलाएँ र ! त्यस पश्चात् बतासको गति पनि शान्त हुन्छ । परन्तु उनका नयनमा भने क्रोध टल्किराखेको थियो । उनलाई देखेर मप्रति पनि भय उत्पन्न हुन गालेको थियो । मेरो भयलाई नष्ट पार्न भनौं वा क्रोधलाई शान्त पार्न भन्नौं केही क्षणमा नै उनी आफ्नो अनुहारबाट मन्द मन्द मुस्कान प्रकट गराउँछिन् । उनको मुस्कानमा आकर्षित भएको मेरो हृदय प्रफुल्ल हुन्छ र ! उनको नजिक नजिक हुँदै जान्छन् । नजिक गएर कुनै प्रश्न राख्न खोज्छ परन्तु उनी आफैं भन्छिन् म क्रोधित भएकी छैन भनेर । म पनि हाँसी दिन्छु उनी मेरो हाँसोलाई हेरि संसारलाई नै भुलेर मप्रति लट्ठ परेकी थिइन् । उनको लट्ठबाट मलाई राम्रो ज्ञान भयो उनी मभन्दा पनि आकर्षित् भइसकीछिन् हाम्रो फर्किदैँ गरेको नूतन मायामा । उनी आफ्ना हरिणका जस्तै रोचक चक्षुको प्रयोग गरेर मलाई समेट्न खोज्छिन् र ! म भने अलिकति तर्किदिन्छु परन्तु मेरो तर्काइबाट उनलाई झन् प्रेरणा उपलब्ध भएछ । उनी आफ्नो प्रेरणा सँगसँगै हिम्मतलाई निकट ल्याएर मेरो नजिक आउँछिन् । मेरो नजिक आइसक्दा उनको मुखबाट कुनै वाणी प्रकट हुन्छ । त्यो प्रकट भएको वाणीले केही क्षणमा मेरो हृदयलाई चर्काइदिन्छ । सो वाणी पनि यस्तो थियो प्रत्येक पुरूषको हृदयलाई फुटाइ दिने । भन्छन् हरेक व्यक्तिहरूले शब्दबाट दिएको प्रहार जन्म-जन्मातरसम्म रहन्छ भनेर । उनले दिएको शब्द पनि दु:ख लाग्दो थियो परन्तु त्यो दु:खमा माधुर्यपन पनि विलीन भएर आएको हुँदा म पनि त्यति चासो राखिन । चर्किएको त थियो हृदय तर पनि सान्त्वना उनबाट प्राप्त भएको हुँदा गल्ती मानवको स्वभाव हो भन्दै केही क्षणमा नै भुली दिएँ । यसरी हामी एक आपसमा बात गर्दै गरेको करिब एक वर्ष जति भएको थियो । त्यो एक वर्षले मेरो पूरै जीवनलाई परिवर्तन गरिदियो । जुन कुरालाई कसैले परिवर्तन गर्न सकेका थिएनन् । आज सो कुरालाई गंगाको मस्तिष्कले परिवर्तन गरिदियो । भन्छन् गंगाको अर्थ नै पवित्रता भनेर त्यसैले होला मेरो अपवित्र भएको कुरालाई उनको पवित्रताले संल्लो पारेर जीवन पनि परिवर्तन बनाइ दिएको । म त एउटा मर्नको लागि खडा भएको व्यक्ति थिएँ । परन्तु उनको यस्तो जवाफबाट मलाई आझैं बाँच्नु पर्छ भन्ने हौसला उपलब्ध भएको थियो । हृदय खोलेर भन्नु पर्दा गंगा मेरो जीवनमा नआएको भए आज यो संसारमा म हुने थिन । त्यसैले गंगालाई मैले आफ्नो हृदयमा कुनै स्थान दिएर स्थापना गरेको हो । जसलाई गंगाले कुनै संकोच नमानी आस्थाका साथ स्वीकृत गरेकी हुन् । उनको आस्थालाई जन्म जन्मान्तर टुट्न वा फुट्न दिन्न । चाहे मृत्युसँग नै सामना किन गर्नु नपरोस् म हर क्षण तत्पर छु अन्यको त के कुरा गरौँ । यसरी हाम्रो माया झन् भन्दा भन्दा सुदृढ बन्दै गएको थियो । दुनियाँ भने हाम्रो माया देखेर रिस गर्न लागेको थियो । परन्तु मलाई वास्ता थिएन । मसंग माया गर्ने गंगा नै मलाई स्वीकृत गरेकी हुन् भनेर राम्रोसँग ज्ञान भएको थियो । आखिर हाम्रो प्यार सच्चा थियो र!त आजपनि पीयूषबिना नै अमर भएर मानवको नगरीमा पर्यटक गरिराखेको छ । हाम्रो माया सच्चा थियो र ! त आज पनि मानवको नगरीमा पीयूषबिना नै अमर भएर पर्यटक गरिराखेको छ । रिस गर्ने ती व्यक्तित् वपनि चकित हुन् हाम्रो प्यारलाई देखेर भन्दै हामी बेग्लै तरिकाले मायालाई निर्माण गर्न चाहन्थ्यौँ । जसरी भर्तृहरिले निर्माण गर्नु भएको थियो त्यसरी नै । परन्तु हामीमा त्यो योग्यता नभएर नै होला हामी असमर्थ भयौँ । हामी असमर्थ हुनेको हेतु हाम्रो परिवार थियो । यसरी एक वर्ष जति भएको हामी दुईको मायालाई समाजले पनि नकार्न सकेन । समाजले नकार्न नसकेपछि बाध्यताले भनौं वा शरमले भनौँ वरिवारले पनि केही बखतमा हामीलाई स्वीकृत गरो । त्यो बखतमा मभन्दा पनि गंगा ज्यादै हर्षले युक्त भएकी थिन् । उनको अनुहारमा प्रत्येक पुरूष लट्ठ पर्ने जादु थियो र ! त मपनि आज मोहित भएको छु । म पनि यसरी नै गंगाको जीवन खुसीले बितोस् भन्न चाहन्थें । परन्तु त्यो खुसी गंगाको अनुहारमा धेरै दिनसम्म बस्न खोजेन । गंगा केही दिनमा दु:खी परिस्थितिमा पुग्छिन् । मपनि पु:न खुसी ल्याउन लाखौं जमर्को गरें र ! गंगालाई केही सान्त्वना दिलाएर आफूलाई सम्हाल भन्दै उत्साह प्रदान गरें । सो उत्साह सँगसँगै जीवन पु:न नूतन मोडको पक्षमा जान तत्पर भएको थियो । तर पनि गंगा नमान्दा अस्वीकृत गरी दिएँ । मलाई पनि राम्रोसंग ज्ञान उपलब्ध भएको थियो दु:ख-सुख नै जीवनको रमणीय पथ हो भनेर । त्यसैले म पनि हर बखत सुख मात्र चाहदिँन थें । कुनै कुनै बखतमा दु:ख पनि मिलोस् भन्ने मेरो आकांक्षा थियो । त्यसैले होला मेरो कुरालाई कृपा दृष्टि गरेर दैवले दु:खको मुस्लो पठाएको । यसरी हाम्रो जीवनमा दु:ख-सुख एउटै सिक्का भइ सकेका थिए । तर पनि म दु:खी अलिकति पनि थिइन । जीवनमा पहिलो चोटीको मायामा सफल भएको हुँदा र ! गंगालाई आफ्नो बनाउन पाउँदा मभित्र भएका दु:खहरू शनै: शनै: हटेर जान्छन् भन्ने मलाई आस्था थियो । मेरो आस्थालाई दैवले सफल बनाएर छोडो केही दिनपछि खुसीको अंशु झल्किदैं गयो । जीवनले पनि नवीन शैली अनुकूलको अवलोकन गर्न थाल्यो । गंगाको अनुहारमा पनि खुसीका मुस्कानहरू प्रकट हुन थाले । यसरी हाम्रो भत्किन आँटेको जीवनलाई पु:न स्थापना गर्छौँ एक स्थिरताको स्तम्भ बनाएर । - मोगाउँ शाखा, म्यान्मार । २०७६ जेठ १३ (कथाकार : लक्ष्मण पौड्यालको यो कथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १६, २०७६ बिहिवार - १८:१६:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend