Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मेरो देश (कविता) - गंगा निरौला

मेरो देश (कविता) - गंगा निरौला

सतीश चापागाईं

१६, जेठ २०७६
images
  मेरो देशमा सत्यताको कुनै महत्व नै रहेन लागू पदार्थ र धुम्रपानमा लागेका मेरा भाईहरूलाई सम्झाउने कोही भएन म दु:खी छु ज्यादै आज मेरो देशको हविगत देखेर मिथ्या र कपटहरूको नामलाई मेरो समाजले लेखेर थोरै पढेका र बुझेकाहरू पनि विदेशीको शौचालय माझ्न गएपछि आफ्नो जातीय र संस्कृति पोशाकको कुनै महत्व नै रहेन र ! त म भन्ने गर्छु मेरो देशमा नभएको चीज केही पनि छैन पर्वत फोर्दा हिराको खानी देखिन्छ थोरै पसिना बगाउनेको नाम लेखिन्छ तर ! पनि जमर्को गर्दैनन् किन ? युवा विदेश छोडी आफ्नो देश सर्दैनन् किन ? युवा त्यसैले त म ज्यादै दु:खी छु मेरो देशको कुनै महत्व नै रहेन झर्छन् जननीका थोपा-थोपा आँसु पृथ्वी सँगसँगै पग्लिएर जान्छन् ती सन्तानहरूप्रति दयाको भावना पनि प्रकट हुन सकेन र ! त म ज्यादै दु:खी छु मेरो देशमा जन्मदिने माताको कुनै महत्व नै रहेन हो कुनै महत्व रहेन । चान्बारी प्रशाखा, म्यान्मार । - गंगा निरौलाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १६, २०७६ बिहिवार - १८:३१:१० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend