Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार नम्रता उप्रेतीका चोटिला ५ मुक्तकहरू

मुक्तककार नम्रता उप्रेतीका चोटिला ५ मुक्तकहरू

सतीश चापागाईं

१६, जेठ २०७६
images
मुक्तक -१ नेता सामु प्रजा सधै लम्पसार भए ठूला भ्रष्टाचारी आज होनहार भए अशिक्षा र गरिबीको जगमा बसी सधैं , जनतालाई ठग्ने काम बारम्बार भए । मुक्तक -२ बिर्सिई सकेको नाम जपेर फेरि हिजो वेदनाका रापले पोल्दा खपेर फेरि हिजो मेरै सामु धिपधिप बलेको दियो मैले निभाई दिए तेल थपेर फेरि हिजो । मुक्तक -३ धड्किरहन्छ मुटु मेरो उस्कै चालसँग अत्यासिन्छ उकुस मुकुस उर्ल्या छालसँग पखेटाको सहरा लिई उडुछु माथीभन्दा , फस्यो यो मन भुमरीमा अड्क्यो जालसँग । मुक्तक -४ निराशाको आँधी आयो खुसीमाथी बज्रपात भो निभ्यो ज्योति चारैतिर अंध्यारोको खातैखात भो जीवन के हो अर्थ के छ परिभाषा खोज्दै जाँदा, गहिरो चोट लाग्यो प्रहार घातमाथी प्रतिघात भो । मुक्तक -५ लाग्दै थियो अघिसम्म मातै हरायो अहिले छैन स्वर खासखुस नि बातै हरायो अहिले प्रीति साट्ने मामलामा के भएको यस्तो, माया प्यारमा इमानको जातै हरायो अहिले । नयाँबजार, काठमाण्डौ । (- नम्रता उप्रेतीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १६, २०७६ बिहिवार - १८:५०:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend