Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

चकमन्न एनआरएनए अमेरिका कुमार पन्तको अप्रत्याशित आगमन -शैलेश श्रेष्ठ

चकमन्न एनआरएनए अमेरिका कुमार पन्तको अप्रत्याशित आगमन -शैलेश श्रेष्ठ

सतीश चापागाईं

१६, जेठ २०७६
images
एनआरएनए अमेरिकाको निर्वाचन र बनिबनाउ परिणामपछि अमेरिकी प्रवासी नेपाली समाज निर्दयी टोर्नेडोले तहसनहस पारेको बस्ति जस्तो भएको छ । शंकाश्पद २०९३ मध्यकै आफ्नो पोल्टो र पहुँचमा भएको जगेडा मतले सस्थापनको स-शर्त आशिर्वाद र केही शौदाबाजीहरुका कारण वर्तमान उपाध्यक्ष सुनील साहले गणितमा जितेका छ्न अब न्याय अनि नैतिकताले त्यो बनिबनाउ जीतलाई सदर या बदर के गर्दछ त्यसका लागि हामीले लामो कालखण्ड पर्खनु पर्ने पनि हुन सक्दछ । यहि मे महिनाको २५ र २६ तारिखका दिन न्युयोर्कमा आयोजना गरिएको युनाको सम्मेलनमा अचानक देखापरेका आईसीसीका वर्तमान उपाध्यक्ष तथा एनआरएन अभियानका चतुर अनि बाचाल खेलाडी कुमार पन्तको अप्रत्याशित आगमनलाई म चाँही चितुवा कराएको र बाख्रा हराएको मिल्न गएको मात्र हो भनेर मान्दिन । वर्तमान संस्थापन मार्फत जसरी हुन्छ सुर्य लम्साल र संजय थापालाई चिची र पापाको लोभ देखाएर थम्थम्याउँदै निर्वाचन गर्न र गराउन सक्षम एक कुशल रणनीतिकार हुन कुमार पन्त त्यसअर्थमा उनी युनाको बहानामा उत्सब मनाउन अमेरिका आएका हुन र त्यो योजनाका अन्तरंग प्रिय शुत्राधारहरुको बाक्लो बस्ति भएको ड्यालस पुगेर उनले भने "जति यहाँ (ड्यालस) को ग्रुप ठुलो बनाएर आयो (अक्टोबरमा नेपालमा हुने निर्वाचनको सन्दर्भमा) त्यति मलाई फाईदा हुन्छ भन्ने मलाई थाहा छ ।" आफु एनआरएनए अमेरिकाले विधिवत बनाएको सुपरिवेक्षण समितिमा बसेर काम गरेको र यही बिटमा निरन्तर बोल्ने र लेख्ने एकजना संचारकर्मीका हैसियतले मैले यहाँ निर्वाचन अघि र पछि भएका शंकाष्पद संधिग्द गतिबिधिहरुको जानकारी गराउने उदेश्यले उनीसंग केही मिनेट एकल वार्तालाप गर्न प्रयास गरेँ, म्यासेज छाडें तर मैले त्यस्तो समय अनि अवसर पाईन हुन त कुमार पन्त सत्यतथ्य जान्ने अनि बुझ्ने मूडमा भन्दा पनि गेमप्लान सफल भएकोमा उत्सब मनाउने मूडमा थिए । दुनियाको दिमागमा दुई बर्षअघिको दृश्य अझै आलै हुनुपर्दछ जति बेला हाम्रो समाजले "पेपर टाईगर" का रुपमा अघि सारेका गौरीराज जोशीले उम्मेदवार बन्न नपाएको बिषयलाई लिएर त्यो बिषयले न्यायालयसम्म प्रवेश पाएपछि उनी सिकागो आएर दूरगामी मुनाफाको सौदाबाजी गरेर फर्किएका थिए । हाम्रो अभियानको परिबेगमा अर्धबिराम लाग्यो तर उनी काठमाडौँमा क्षेत्रिय संयोजकको पुरष्कारद्वारा पुरष्कृत भए | यो सौदाबाजीको प्रसंग कोट्याउँदा मेरा अनुज संचारकर्मी साथी-भाईहरु मलाई प्रति अनि पुरक प्रश्नहरु गर्ने गर्छन "होइन शैलेश दाई, कुमार पन्त त एमाले ब्याकग्राउण्डको होइनन र? अनि कसरी केशब पौडेल, हरिबोल भण्डारी जस्ता कांग्रेसहरुसंग सहकार्य गर्न तयार भए? भाईहरुलाई मैले भन्ने गरेको छु "कांग्रेस, कम्निष्ट भनेर मारामार गर्दै यो प्रवासमा आधुनिक दासतामा रमाउने र उता पनि कार्जेकर्ता अनि चउन्ने सदस्यता लिएकाहरु मात्र हुन भबन भट्ट, कुमार पन्तलाई के को मतलब कांग्रेस न कम्निष्ट! उनीहरुको स्वार्थ त नाफा आर्जन गर्नु हो यानेकी "ब्याआआआपाआआआर"!! प्रवासमा कांग्रेस र कम्निष्ट भन्दै मारामार गर्दै लडेर नेपालमा गरेको र गर्न लागेको त्यत्रो लगानी डुबाउनु छ र उनीहरुलाई यो एकबारको जुनीमा!

images
प्रकाशित मिति :जेठ १६, २०७६ बिहिवार - १९:०१:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend