Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बिना अौकात माथि पुगेकाहरु (५ सर्जकका ५ मुक्तक)

बिना अौकात माथि पुगेकाहरु (५ सर्जकका ५ मुक्तक)

सतीश चापागाईं

१६, जेठ २०७६
images
  मुक्तक-१ अगाडी नै छौ बिश्वमा,भ्रष्टचारी थर बनाउनु पुग्दैन भने दिन्छौ अझै सबैतिर कर बनाउनु चाहिन्न बिकास ठगीखाने भाडो सम्झनु देश जनता लुटेर नै तिम्रा खुशीको शहर बनाउनु । साहित्यिक मन ............................................................................ मुक्तक-२ एकदम घटिया तुच्छ शब्दले बोल्न मन छ छाला काढेर नून खुर्सानी मोल्न मन छ हाम्रा देशका भ्रष्टाचारी पुरुष नेताहरुलाई जिउँदै चितामाथी राखेर पोल्न मन छ । - शुशिल अर्याल ............................................................................ मुक्तक-३ लचकदार छ भुँडी अति, जति खाए नि कमै हुन्छ मौका मिलाइ कोच्न सक्ने, क्षमता हरदमै हुन्छ चुनाव खर्च पूर्ति गर्न, दुनियाँ सामु फूर्ति गर्न खानु थियो र खाएकै छु, जे खाए नि हजमै हुन्छ । ✍ गोम बिक्रम पाल्पा ............................................................................ मुक्तक-४ गणतन्त्र नेताज्यूकाे भुँडी भर्ने भाँडाे भयाे महङ्गी र भ्रष्टताकाे विकास भने चाँडो भयाे इमानलाई शूली हजुर भ्रष्टलाई फुली यहाँ यै हाे भने गणतन्त्र हामीलाई घाँडाे भयाे डा. श्याम न्यौपाने नवलपरासी ............................................................................ मुक्तक-५ भ्रष्टाचारको धनले बनेका महलहरू धेरै छन् यहाँ अबैध माल सामान भएका पसलहरू धेरै छन् यहाँ इमानको शिर ठाडो छैन, नैतिक बलको अर्थ छैन विना औकात माथि पुगेका सफलहरू धेरै छन् यहाँ डा. घनश्याम परिश्रमी स्याङ्जा ।   संकलक : गोम बिक्रम [email protected] कल्लाबारी, पाल्पा । २०७५ जेठ १६

images
प्रकाशित मिति :जेठ १६, २०७६ बिहिवार - १९:२२:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend