Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मु्क्तककार गंगा लिगलका केही मुक्तकहरू

मु्क्तककार गंगा लिगलका केही मुक्तकहरू

सतीश चापागाईं

१६, जेठ २०७६
images
  मुक्तक - १ चरा 'पानी पानी !' भनी पिँजडामा तडपिरहेछ मानव करोडौंको गाडीमा शैर गरिरहेछ अनुभूति नै छैन उसलाई हिंसा र पाप के हो केवल मौकामा फाइदा लिन ऊ दौडिरहेछ । मुक्तक - २ नारी हिंसा पनि त कत्ति हटेन यहाँ नारी थिचोमिचो पनि कहिले घटेन यहाँ कति भाषण कति कति जुलुस भए सच्चाई भन्नु त कहिले डटेन यहाँ । मुक्तक - ३ निमोठी रहेछ नि कोपिलैमा जीवन कति नाश भए ती रसिलैमा जीवन अत्याचारको त सुनुवाई नै छैन यहाँ बिलाए ती तिनका चोपिलैमा जीवन । मुक्तक - ४ कहीं क्षत बिक्षत नहोस् नारी अस्मिता यहाँ पुरुषत्व नडगमगियोस छ पावनता यहाँ सबको मन मष्तिस्कमा ज्ञानपुन्ज भरियोस् यस मनोरम धर्तीमा बाँचौ ली समता यहाँ । मुक्तक - ५ सीता र भृकुटीको आदर्श याद आउँछ यस्ले नयाँ नयाँ चरित्रको बाद ल्याउँछ जस्ले युगको नवीनतामा जोड दिन्छ । अनि जागरण गर्ने नव बाद ल्याउँछ । मुक्तक - ६ मानव जीवनको सौन्दर्य त्यहाँ पाइन्छ जहाँ अनन्त उच्च पारदर्शी ज्ञान पाइन्छ यस्को छहारीले नव जीवन पाए सबैले जहाँ अनन्त आदर्श ज्ञानको मूल्य पाइन्छ । मुक्तक - ७ नचाहिँदा कुरा धैरै सुन्छन् मान्छेहरु त्यसैलाई चियो चर्चा गर्छन् मान्छेहरु सोच्नुपर्छ सबैतिर विवेकपूर्ण भई यही कमीले गर्दा रुन्छन् मान्छेहरु । सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.-७ हाल : भैरहवा नेपाल (- गंगा लिगलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १६, २०७६ बिहिवार - १९:२७:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend