Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

एशियन हेरिटेज मन्थमा नेपालीसंगै बिदेशी पनि

एशियन हेरिटेज मन्थमा नेपालीसंगै बिदेशी पनि

सतीश चापागाईं

१६, जेठ २०७६
images
  नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले न्युयोर्क राज्यको राजधानी अलबानिमा ''Asian Heritage Month Celebration'' कार्यक्रमको निमन्त्रणा स्वीकार गरी भव्यताका साथ मनायो। उक्त कार्यक्रम को निमन्त्रणा न्युयोर्क राज्यका सिनेटर सम्माननीय जोन सि. लियु , न्युयोर्क राज्यकी एसेम्बलीवोमेन सम्माननीय यु-लिन निइयो र न्युयोर्क राज्यका एसेम्बलीमेन सम्माननीय रोन किमले सयुंक्तरुपमा गर्नु भएको थियो। यस कार्यक्रममा २० वटा भन्दा वडी एसीयन देशहरुका मान्यजनहरुको उपस्थिति रहेको थियो। गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका को तर्फवाट पुर्व राजदुत तथा फाउण्डेशन का मानार्थ सदस्य मोहम्मद रशिद पि.एच.डी., उपाध्यक्ष शुवर्ण लामा र केन्द्रीय सदस्य प्रेम पौडेल हरुको उपस्थिति रहेको थियो। मानार्थ सदस्य मोहम्मद रशिदले एसियन कम्युनिटिप्रति गरेको योगदानलाई उच्च सम्मान गर्दै न्यु-यार्क राज्यले सम्मानपत्र प्रदान गर्यो। उपाध्यक्ष शुवर्ण लामा तथा केन्द्रीय सदस्य प्रेम पौडेलले अमेरीकी राष्ट्रिय डेमोक्रेटीक पार्टी का भाइस चियर सम्मानिय माईकल ब्लेक र न्युयोर्क राज्यका सिनेटर सम्माननीय जोन सि. लियुसगं भेटघाट गरी फाउण्डेशनको भावी योजनाहरु वारे छलफल गर्नु भयो।    

images
प्रकाशित मिति :जेठ १६, २०७६ बिहिवार - २१:५३:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend