Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

परोपकार (कविता) - सरिता पाण्डे

परोपकार (कविता) - सरिता पाण्डे

सतीश चापागाईं

१९, जेठ २०७६
images
धर्तीका ती सहस्त्र कणहरूलाई सोध के तिनले पैसा मागेका छन् ? आकाशका सहस्त्र किरणहरूलाई सोध के तिनले भत्ता मागेका छन् ? मैले अनि अशुद्ध पारेका ती नदीहरूलाई सोध के तिनीहरूले आन्दोलन लडेका छन् ? आफ्नो शरीरलाई परोपकारको हवनकुण्डमा आहूति दिइएका ती महात्मा अनि आफ्नो देशका लागि प्राण अनि अन्तिम श्वाससम्म लडेका ती बाजे ती पूर्खालाई सोध कि परोपकार कस्तो हुन्छ ? म त सानो ठीटो अनि कत्रोको रूपमा एक्दिन सबै जस्तो जानै पर्ने के मैले कसैप्रति आफ्नो योगदान दिएको छु ? आफ्नो शरीर त्यागेर मात्र परोपकार हुन्थ्यो भने ती कुखुराहरूले शरीरलाई कात्रो बनाएर मांशाहारी मनुष्यहरूका लागि क्षणिक सुख दिएर गएका ती परोपकारी भनौं या अरूद्वारा मारिएका अपराधी महले मीठो रस सबैलाई दिन्छ अनि गाईले सबैलाई गोरस दिन्छ अनि ती स्वार्थी मानवीय हृदयविहिन कुनै मनुष्यले अत्याचार गरेर दुईटा पैसा थुपारी आफूलाई परोपकारी ठान्छन् के यो वास्तविक परोपकार हो ?? नत्र यो परोपकार देखावटी ?? वास्तवमा के हो त्यो परोपकार ? ती नदी,, नाला, पर्वतसँग प्रश्न गर ती आहूति दिनै महात्माको इतिहासमा जाऊ परोपकार सबैको अधिकार हो स्वार्थीका लागि परोपकार नाम कमाउने एउटो खानी । - मोगाउँ शाखा म्यान्मार । (-सरिता पाण्डेको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १९, २०७६ आइतवार - २१:५७:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend