Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

'आफ्नै खुट्टाले हिँड्नेहरू, सगरमाथा चुम्छन् सधै'- गोम बिक्रमका ५ मुक्तकहरू

'आफ्नै खुट्टाले हिँड्नेहरू, सगरमाथा चुम्छन् सधै'- गोम बिक्रमका ५ मुक्तकहरू

सतीश चापागाईं

१९, जेठ २०७६
images
  मुक्तक - १ सम्झ्यो भने माया हजूर, देखे सन्तोष हुँदो रैछ देखाभेट हुँदै नहोस, कलेवरमा छुँदो रैछ आड खोज्दा 'डाली' नहोस, बिराउँदा 'गाली' नहोस 'लगाम'बिना जिन्दगी यो, सोच न कस्तो हुँदो रैछ । मुक्तक -२ यति मजाले हाँसूम साथी !, जिन्दगीको दु:खै भागोस् विधातालाई पनि बरू, त्यो सुखमा लोभै लागोस् हामीसित बसुन्जेली, खुशीसित हाँसुन्जेली झुक्किएर कहाँ आएँछु !, भनी उल्टै ईर्ष्या जागोस् । मुक्तक - ३ मायाबिना संसार चल्ने, अर्को कुनै बल हुँदैन पवित्र मन अर्पेपछि, सायद कतै छल हुँदैन सयौं चुम्बन दिए पनि, हजार गुलाफ लिए पनि हार्दिक माया छैन भने, कहिले नि स...फल हुँदैन । मुक्तक -४ यस्तो कुनै समस्या छैन, जसको कतै हलै छैन समस्याबिना संसारमा, जिउनु पनि भलै छैन कायर भइ भाग्ने हैन, लड ! किनारा लाग्ने हैन तिम्रो मनभन्दा अधिक, शक्तिशाली बलै छैन । मुक्तक - ५ नशाको रसले ज्यूँनेहरू, नशाकै सुरमा झुम्छन् सधै लठ्ठीको भरले हिंड्नेहरू, भुइ-भुइँमा घुम्छन् सधै सोचलाई गति दिन सके, दृढ..संकल्पी हुन सके आफ्नै खुट्टाले हिँड्नेहरू, सगरमाथा चुम्छन् सधै । - गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ जेठ १६

images
प्रकाशित मिति :जेठ १९, २०७६ आइतवार - २२:००:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend