Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

निस्वार्थताको आलोक (कविता)- गंगा लिगल

निस्वार्थताको आलोक (कविता)- गंगा लिगल

सतीश चापागाईं

१९, जेठ २०७६
images
कति सौन्दर्यप्रद कति गाम्भीर्य देखिन्छ आकाशको आँखा कति पारदर्शीमय कति निश्चल कति साम्य अनि शितल र त्यहाँ न क्रोध, न ईर्ष्या न हिंसा, न वैराग, न द्वेष सदा उदात्त र समर्पित त्यस आँखाले संसारलाई निस्वार्थताको आलोक छरेर सदा शान्ति र शितलता प्रदान गर्न तत्पर छ तर मानवले त्यस सत्य तथ्यलाई मनन गर्न चाहन्न सृष्टिले दिएको त्यो पवित्र आँखाले ऊ आफै नै नकारात्मक दिशातिर दौडाउन चाहन्छु जसले गर्दा समाजमा विकृति र क्षोभको कालो बादल सृजित हुन्छ जब त्यो बादल मडारिन्छ तब मानव आफ्नो अन्तस्करणको शुद्धतालाई उल्टो मोड दिएर उज्वल, पारदर्शी र निश्चल नेत्रलाई यत्र-तत्र कुभावना, कुविचार र कुकर्मतिर बहकिन बाध्य गराउँछ । यसरी उसका नेत्रले आकाशलाई नै अन्धकारमय ठान्न पुग्दछ जसले गर्दा जीवन नारकीय बन्न सक्दछ तसर्थ हामी मानवले आँखामा भएको शुद्धतालाई अझ पारदर्शी रूप दिन सकेमा जीवन मात्र नभएर परिवार, समाज अनि राष्ट्र अनि विश्व नै अलौकिकमय बन्न सक्ने छ । - सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.-७ हाल : भैरहवा नेपाल । (- गंगा लिगलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १९, २०७६ आइतवार - २२:२६:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend