Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

शुभेच्छा (कविता) -शंकर ढकाल

शुभेच्छा (कविता) -शंकर ढकाल

सतीश चापागाईं

१९, जेठ २०७६
images
  हामी सज्जन हाैँ सुकाेमल सुधी सत्प्रेम साेच्ने गुनी भाषा अादर धर्म संस्कृति बुझी अाजै सपाराैँ जुनी । नेता वीर र देशभक्त दृढ हाेस् सङ्घर्ष गर्दै चुनी धागाे देश पुनीत फूल जन हून् माला मिलाई उनी ।।१।। पुर्खाकाे बलमा लडाैँ अघि बढाैँ अस्तित्व नै अाड हून् प्रज्ञा पावन पाउ हात दिलले सद्भावना सुम्पिऊन् । सारङ्गी मुजुरा र मादल महान् माधुर्य भाका मिलून् नेपाली जनता जनार्दन सधै यै देश ढाेगून् पुजून् ।।२।। अामा मानवता चिनाैँ गुरु पिता मानी गराैँ स्वागत श्रद्धाप्रेम गराैँ सफा हृदयले हून् तुष्ट अभ्यागत । मान्छेकाे घरमा चुली बलिरहाेस् हून् सार संरक्षित माताअाशिकले युगाैँयुग सही विज्ञान हाेस् जीवित ।।३।। अग्लाे शैल उचाल्न कम्मर कसाैँ चालाैँ भुजा पाइला ज्याेति ज्ञान भरून् सुधांशु सविता राम्री बनाऊन् इला । स्वर्गद्वार खुलून् अनन्य गरिमा गाम्भीर्य हून् चम्किला यस्ताे सीप सिकाैँ प्रयाेग छ जहाँ बाेलाेस् त्यहीँ नै शिला ।।४।। साक्षी शङ्कर हून् उमासित मिली नेपाल रक्षा गरून् खाई हार कुपुत्र रावणहरू फाँसी चढून् या डढून् । तारा सभ्य भई उदाउन सकून् स्वाधीनतामा झुलून् जन्मेदेखि हरेक मानवहरू नेपाल जप्दै मरून् ।।५।। तानसेन न. पा. - ७ काजीपाैवा,पाल्पा । हाल : महाराष्ट्र भारत । (-शंकर ढकालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १९, २०७६ आइतवार - २२:४१:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend