Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

५ सर्जकका ५ चोटिला मुक्तकहरु

५ सर्जकका ५ चोटिला मुक्तकहरु

सतीश चापागाईं

१९, जेठ २०७६
images
  मुक्तक -१ ताराहरू लाखौँ छन् र पनि रात रातै हुँदोरहेछ । साथ दिने त हाँगै हुन्छ पात पातै हुँदोरहेछ । विषादीले मिसिएका यी आधुनिक मायाहरू जति गर्दा नि केवल विश्वासघातै हुँदो रहेछ । - राज बाबू श्रेष्ठ सागर ........................................... मुक्तक-२ जुरेको बेला बल्ल तल्ल, सत्तासितका भेटहरु नभरी तृष्णा मेटिन्छ र ?, भकारी जस्ता पेटहरु नातावाद, फरियावाद, प्रयोग गरी ढडियावाद कहिले पनि मेटिँदैन, कुर्सीसितका असेटहरु । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । ........................................... मुक्तक -३ फलानोको छोराले कति धेरै पढेको छ! पढ्न त धेरै पढेको बुद्धि डढेको ~~छ! भन्छ अरे अंश चाहियो छुट्टिएर ~बस्छु, बा-आमाको मुटुभित्र किल्ला गढेको छ! - प्रतीक्षा शर्मा कान्छि ........................................... मुक्तक -४ त्योआस्था भत्किएको रात थियो आफ्नै मुटुमा चोट पर्ने बात थियो तिमी कसरी बुझ्न सक्छौ र ति कुरा आखिर तिमीले नै गरेको घात थियो! पुष्पा के.सी. भण्डारी ........................................... मुक्तक -५ जन्मेपछि सबैले एक दिन मरेर जानु पर्ने । कतै तिता कतै मीठा सुगन्ध छरेर जानु पर्ने । यो जिन्दगी पनि पारिजात को फुल झै रहेछ, घामको झुल्को देख्न नपाउँदै झरेर जानु पर्ने । उदास मनोज विष्ट माण्डवी गाउँ पालिका- ४ प्युठान संकलन : गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ जेठ २०

images
प्रकाशित मिति :जेठ १९, २०७६ आइतवार - २२:४४:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend