Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

लघुकथा : ज्ञानी छोरा -पुष्प आर.जे

लघुकथा : ज्ञानी छोरा -पुष्प आर.जे

सतीश चापागाईं

१९, जेठ २०७६
images
फागुनको महिना.... बिहानको समय । चोकमा मान्छेहरुको चहलपहल बढ्दै थियो। प्रभात फेरि सँगै कोही सब्जी किनेर फर्कंदै थिए त कोही किन्दै थिए । चिसोको प्रभाव नगरी उमेरले तीन बीस कटेकी अामाले आफ्नो डोकोबाट सब्जी भुइँमा राखिसकेकी थिईन् । आफूले डोको छेउमा बसेर घरी उभिंदै त घरी टुक्रुक्क बसेर तरकारी बेचिरहेकी थिइन् । चिसो मौसम । कतिखेर अर्कोतिर फर्कंदै ख्याक... ख्याक.... खोकिरहेकी हुन्थिन् । "आमा यो साग कसरी ?" "यो मुठ्ठाको २०, यो १०,....।" - उनी एकाएक मूल्य बताउदै थिइन् । घडीको सुई घुमिरहेको थियो, मान्छेलाई नपर्खी । ग्राहकहरुको भीड बढेसँगै सब्जी कम हुँदै गैरहेको थियो । आमा चाँडो बिक्री गरिसक्ने उद्देश्यले प्रत्येक ग्राहकका अनुहारतिर हेर्थिन् । आशालाग्दो हेराइ । अरु ग्राहकहरुसँगै एउटा जोडी पनि भिडमा मिसियो । उनीहरु भाउ सोध्दै झोलामा सब्जी राख्न थाले धमाधम । एकछिनपछि उनीहरु बृद्ध आमाको हातमा पैसा राखिदिए र चुपचाप बाटो लागे । उनीहरु निकै पर पुगुन्जेलसम्म उनले एकटकले हेरिरहिन् । " दिदी को हुन् नि उनीहरु ? सधैं अन्त कतै नहेरी तपाईंकोमा आउँछन र केही पनि नबोली हातमा पैसा राखिदिएर जान्छन् ।" छेउमै बसेर तरकारी बेच्ने अर्की महिलाले सोधिन् । आमा केही बोल्न सकिनन् केहीबेर । उनको आँखा अगाडि आफ्नो बिगत नाच्न थाल्यो । छोरो जन्मिएको दुई बर्षपछि उनका श्रीमानको दुर्घटनामा परी मृत्यु भएको थियो । सासू र नन्द आमाजुको अत्याचार सहन नसकेर उनी माइतीको सरणमा गएको । छोरालाई बहिनीको जिम्मा लगाएर माइतीको करकापमा अर्को विवाह गरेको र गोप्य रुपमा छोराको पढाइ, लेखाइ र विवाहसम्मको जिम्मेवारी निर्वाह गरेको । अहिले छोरा बुहारी त्यही शहरमा जागिरे भएर आएको । सबै थाहा पाएर पनि थाहा नपाएझैं गर्नुपर्ने बाध्यता । आदि.... आदि ...। केही बोल्न खोज्दा - खोज्दै उनका आँखाहरु बर्सिन लागे । " दिदी...दिदी.... के भयो के सम्झिनु भएको ? किन आँखाबाट आँसु ? " छेउकी महिलाले फेरि सोधिन् । " उनीहरु मेरा छोरा बुहारी र म एउटी अभागी आमा !" दुबै हातले आँखा पुछ्दै उनले भनिन् । - काठमाण्डौ । (-पुष्प आर.जे को यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १९, २०७६ आइतवार - २२:५०:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend