Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल - भाष्कर रावल "प्रेमी"

गजल - भाष्कर रावल "प्रेमी"

सतीश चापागाईं

१९, जेठ २०७६
images
  हेलो हाई भनी मलाई किन सताउँछन् प्रेमीकाहरु बोल्न मन नलाग्दा पनि बोलाउँछन् प्रेमीकाहरु ढुङ्गा जस्तो मेरो मनलाई पनि पगाल्दिएर हेर्नुस् बहाना बनाई माया जालमा फसाउँछन् प्रेमीकाहरु दु:खमा मात्रै म काम लाग्ने भएर होला आखिर सुखमा मलाई बिर्सिएर एक्लै रमाउँछन् प्रेमीकाहरु दिन-दिनै केटाहरु फेर्दै हिँड्छन् आफूहरु भने मायाको बारे उल्टो मलाई सिकाउँछन् प्रेमीकाहरु सोझोपनको फाइदा उठाउन खोज्दा रहेछन् होशियार हुनुपर्ने रहेछ नत्र तड्पाउँछन् प्रेमीकाहरु अर्कैको सिंदूर पोते लगाएर छोडी जान्छन् मलाई दुनियाँको नजरमा मात्रै प्रेमी बनाउँछन् प्रेमीकाहरु पाणिनी गा.पा -२ अर्घाखाँची । (- भाष्कर रावल "प्रेमी"को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १९, २०७६ आइतवार - २२:५२:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend