Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार सुनिल राना बिरहीका ५ चोटिला मुक्तकहरू

मुक्तककार सुनिल राना बिरहीका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२२, जेठ २०७६
images
  मुक्तक -१ नगरी हामीले तेरो-मेरो, धनी बनाउनुपर्छ नष्ट पारी भ्रष्टाचार जो, धनी बनाउनुपर्छ अायातलाई घटाएर निर्यातलाई बढाएर हाम्रो देशलाई विश्वको, धनी बनाउनुपर्छ । मुक्तक -२ हुने नहुने कामलाई पनि गर्न अाँटियो पूरा समय दु:ख र पिडामा काटियो अभावले छुँदा, देशमा रोजगार नहुँदा गएर विदेश रगतसँग पैसा साटियो । मुक्तक -३ झुटो भाषणको नारा गर्नु नौलो कुरा होइन यो राजनीतिक पारा गर्नु नौलो कुरा होइन सधैं बम बारुदको लडाइँ चल्ने हाम्रो देशमा बन्द हड्ताल सारा गर्नु नौलो कुरा होइन । मुक्तक -४ बेखबर छेउछाउ धाएर हमला गर्छिन् प्रेमील गुणगान गाएर हमला गर्छिन् स्वर्गकी परीले, अचेलकी सुन्दरीले एकोहोरो नजर लाएर हमला गर्छिन् । मुक्तक -५ बिर्सिएर उसले मानवीयपन दुखाएकोछ एकातर्फी लगाई तिखो वचन दुखाएकोछ हिजो स्वस्थ हुँदा मलाई, मुटु दिन्छु भन्नेले अाज अाएर घाइते तन ! मन दुखाएकोछ । बन्गाड कुपिण्डे -३ सल्यान । (सुनिल राना बिरहीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २२, २०७६ बुधवार - २१:४६:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend