Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

परदेशमा गएर फेरिएको बाचा -सानू पौडेल (लघुकथा)

परदेशमा गएर फेरिएको बाचा -सानू पौडेल (लघुकथा)

सतीश चापागाईं

२, भाद्र २०७५
images
"रित! एउटा कुरा भनौं ! आज भोलि त म तिमी बिना बाँच्नै नसक्ने भएको छु नि!" "मलाई पनि तेस्तै हुन्छ एकल""!तिमि बिनाका हरेक पल अधुरा लाग्छन्।यति सुन्दर दुनियाँ पनि तिमी बिना अँध्यारो लाग्छ!" "के तिमी मलाई जीवन भर साथ दिन सक्छेउ त?" "जब सम्म जिन्दगी रहन्छ तब सम्म मेरो साथ तिमिलाई हुन्छ!यत्ति हो कि मेरो बाचा भुल्नु भएन!" "म कदापि भुल्ने छैन रित!" "तिमी परदेश मा गएपछि मन परिवर्तन भयो भने?" "अहँ कदापी हुने छैन।मलाई विस्वास गर"! "बिदेश मा त धेरै सुन्दर केटि हुन्छन् रे कतै उतै मन फस्यो भने!" "तिमी जति सुन्दर यो दुनियाँमा कोहि देखेकै छैन र देख्ने पनि छैन।मेरो दिलमा तिमी बसिसक्यौ ।अब अरु अटाउँदैन! तिमी निस्चिन्त भएर बस।तिम्रै निम्ति कमाउन जाने हो।हाम्रो सुन्दर भविस्यको निम्ति तिमिबाट अलग हुँदैछु।" आँखामा आँसुको सागर बगाएर दिलमा पत्थर राखेर रितले बिदाई गरि आफ्नो मुटुको टुक्रालाई।एकल बिदेश पुगेर फोन गर्यो।फोनमा पनि रित उतिनै आँसु बगाएकी थिई! पुरुष मन भित्र पिडा भएपनि छुपाएर सम्झायो। दिन बित्दै गए एकल काममा ब्यस्त हुन थाल्यो। फोनमा कुरा गर्दा पनि रिसाउने खासै बोल्न नखोज्ने गर्न थालेपछि रित झन पिडामा हुन थाली! एकल पैसा र समयको मागसंगै पुरै परिवर्तन भै सकेको थियो।एउटा गाउँको सोझो केटाे सहरमा जागिर नपाएर भौँतारिदा खेपेको दिन भुलेर महिनाको दुई तीन लाख कमाउदा उसमा छुट्टै खालको घमण्ड बढ्न बढेको थियो। उसलाई रक्सि तास केटिको नसाले छोपेको थियो। उ गएको ३/४ वर्षसम्म पनि घर आउने कुरै थिएन। प्राण प्रिय भनेर पुकार्ने रितलाई दिलबाट हटाएर दिमागमा मात्र राखेको थियो।मन लागे फोन गर्दथ्यो मन नलागे भन्नू नभन्नु भनेर फोन काटिदिने ब्लक गरिदिने गर्दथ्यो। रित निकै रुन्थी। तरपनि उस्कै भलाईको निम्ति रात दिन भगवानलाई पुकार्थी।एक दिन एकल एक्कासि बेहोस भएर ढल्यो। उसलाई साथिले अस्पताल लगेर भरना गरे।डाक्टरले दुबै मृगौला फेल भएको र तुरुन्त अर्को फेरे बाँच्ने नभए जीवन नरहने कुरा सुनाएपछि साथीको सहयोग मा एकललाई नेपाल ल्याईयो। रितले डाक्टरसँग सल्लाह गरेर आफ्नो मृगौला एकल लाई दिएर बचाई।उपचारपछि पुरै निको नहुनजेलसम्म पनि आफ्नो र उस्को निकै स्याहर गरि ! बिस्तारै एकलमा सुधार आउन थाल्यो।रितले सँगै बस्न चाहेर पनि हिज उस्ले गरेको नमिठाे व्यबहार सम्झिएर उ बाट टाढा रहेर बस्ने निधो गरि र एक दिन थाहा नदिई एउटा गाँउमा पुगि। सम्पर्क बिहिन भएर बसेकी रितलाई एकलले निकै खोज्यो ! खोजि राख्यो ! र त्यो बाचा सम्झियो। बुटवल

images
प्रकाशित मिति :भाद्र २, २०७५ शनिवार - ०८:५२:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend