Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार कमलराज वलीका केही चोटिला मुक्तकहरू

मुक्तककार कमलराज वलीका केही चोटिला मुक्तकहरू

सतीश चापागाईं

२२, जेठ २०७६
images
  मुक्तक -१ उनको हातमा मैले किनिदिएको रातो चुरा हुँदैन कहिल्यै अन्तरङ्ग मायाको अचेल कुनै कुरा हुँदैन मेरो मायाको ठेक्का पनि पप्पुलाई नै परेछ क्यारे किन अहिलेसम्म हाम्रो मायाको टेन्डर पूरा हुँदैन ? मुक्तक -२ यता नूनको अभाव छ तिमी सुन चाहियो भन्छ्यौ म त धर्तिमा छु किन तिमी जून चाहियो भन्छ्यौ आवश्यकता के के पर्छ कसरी पूरा गरुँला र म ? म आँसुको जगेडा गर्छु तिमी खुन चाहियो भन्छ्यौ । मुक्तक -३ वारी आउँछु भन्थिन् तर खोला तार्न सकिएन उतै आऊ भन्थिन क्यारम बसाई सार्न सकिएन जति टाढा उति गाढा हुन्छ भन्छ्न् मायाप्रेम त्यसैले त तिम्रो माया ठ्याक्कै मार्न सकिएन । मुक्तक -४ म त कमल हुँ हिलोमा फुल्न जानेकोछु जिन्दगीलाइ फुलिरहने फूल मानेकोछु चुनौती संघर्षलाई जिन्दगीको गुरु सम्झेर फुल्न पनि मैले यहाँ यो हिलो छानेकोछु । मुक्तक -५ साथी मात्रै भनेको मैले तिमीपछि लाग्न थाल्यौं आफ्नै रफ्तारमा अचेल एकोहोरो भाग्न थाल्यौं प्रेम र बिहे फरक हो बुझ्छौ र कहिले तिमी अब माया गर्छु भनेको मैले तिमी सिन्दुर माग्न थाल्यौं । गंगादेव गा. पा. -२ रोल्पा । (- कमलराज वलीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २२, २०७६ बुधवार - २१:५३:१० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend