Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मीरा न्यौपानेका ५ चोटिला मुक्तकहरू

मीरा न्यौपानेका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२२, जेठ २०७६
images
मुक्तक - १ मागे भन्दा खुशी दियौ कुरा मनको जानी मेरा सबै दु:खहरू आफ्नै तनको ठानी बोल्ने छैन म कटु वचन कैल्यै तिमीलाई पूजा गर्छु तिमीलाई भगवान नै मानी । मुक्तक - २ लुकिछिपी हेर्थे सँधै सम्झनाको झ्यालबाट ओहोर दोहोर गर्दा तिमी मनको खेतबाट चियो चर्चो गर्थे दुनियाँ हाम्रो प्रेमलाई चार कदम अघि हुन्थ्यौँ तिनका नजरबाट मुक्तक - ३ पिरतीको माला गाँसे हाँसी-हाँसीलाई दिन्छु भनी मीठो भाका मिलाई गीतसँगै गाई दिन्छु भनी बाटो कुरे नजरले आशमा बसी धेरै बर्षसम्म तिमीसित मायाको सुन्दर घर बसाई दिन्छु भनी मुक्तक - ४ गाउँभरी नाउँ मेरो चलाएर गयौ किन ? आँसु धेरै पिलाएर गलाएर गयौ किन ? के कसूर गरेँ भन साँचो माया लाउँदा जिन्दगीभर पिडा दिई जलाएर गयौ किन ? मुक्तक - ५ सम्झनाको बगाइमा धेरै ढुङ्गा खाएँ मैलै धोकेबाज रहेछौ भन्ने अनि चाल पाएँ ऐले भैगो अब तिम्रो यादमा आँसु झार्ने छैन अब मैले पनि मन मुटु दिने सित प्रीत लाएँ ऐलै तिनकुने, काठमाण्डौ । ( - मीरा न्यौपाने गजुरेलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २२, २०७६ बुधवार - २१:५५:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend