Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल -भरत आचार्य

गजल -भरत आचार्य

सतीश चापागाईं

२२, जेठ २०७६
images
  एकाउन्न घुस्सा, र बाउन्न लात्ती । समयले दिएका, सहेकै छु साथी ।। कयौं चोट खाएँ, सुनाएर के भो ? दबाएर पीडा, सहेको छु हाँसी । चिनेको छु प्यारा, बुटा पात सारा । उकाली ओराली, कहीं छैन बाँकी ।। फुलाएर छाती, अझै खप्न सक्छु । बसेको छ बानी, चोटै चोट खानी ।। छुँदै-छुन्न मलाई, स-साना हुरीले । भएको छु चट्टान्,खपेको छु आँधी ।। पोखरा म. न. पा. -११ काहुँ , गण्डकी प्रदेश । ( -भरत आचार्यको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २२, २०७६ बुधवार - २१:५९:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend