Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गंगा लिगलका ५ चोटिला मुक्तकहरू

गंगा लिगलका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२२, जेठ २०७६
images
  मुक्तक - १ आमा भन्नुहुन्थ्यो - तिमी सदा मुस्कुराइ नै रहनू जति कष्ट आए पनि सदा मुस्कुराइ नै रहनू दु:ख-कष्टको त अपरिमित भेल हो यो जिन्दगी कष्ट च्यापेरै पनि सदा मुस्कुराई नै रहनू । मुक्तक - २ जगेर्ना गर हाम्रो राष्ट्रिय अमूल्य संस्कृति परिस्कृत तुल्याऊ अझ स्वर्णतुल्य संस्कृति विकृति नआओस् है कदापि यस धर्तीमा अझ सुधार गरौं यस बहुमूल्य संस्कृति । मुक्तक -३ आयो नव- बर्ष बसन्तको रौनकसँगै पूर्व दिशामा उषा-किरणको चहकसँगै प्रगतिमय मार्ग दर्शन अनुकरण गरौं सुवासिय सुन्दर गुलाफ फूलको महकसँगै । मुक्तक - ४ पवित्र भूमिमा अब त्यागौं मनोमालिन्यपन अघि बढौं है मातृभूमिको दायित्व बोकीकन ती विरोधाभाषलाई जरैदेखि निर्मूल पारौ कि ? अग्रसर हौं बुद्धको शान्ति-दीप बालीकन । मुक्तक - ५ तिखो काडैकाँडामा फूललाई फुल्न बाध्य छ झुसलेकीरालाई पुतली भै उड्न बाध्य छ यस्तै यस्तै छ जिन्दगीको ठूलो बिडम्बना यहाँ जिउँदो जीवन रोदन बोक्दै बाँच्न बाध्य छ । सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.- ७ हाल : भैरहवा, नेपाल । ( - गंगा लिगलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook.com.nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २२, २०७६ बुधवार - २२:०२:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend