Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

"भैगो नदेऊ झुठा कसम, अब त यसै गुजारा हुन्छ ।" - गोम बिक्रमका ५ मुक्तकहरू

"भैगो नदेऊ झुठा कसम, अब त यसै गुजारा हुन्छ ।" - गोम बिक्रमका ५ मुक्तकहरू

सतीश चापागाईं

२२, जेठ २०७६
images
  मुक्तक -१ कहिले माया गाढा तिम्रो, कहिले भने फिका हुन्छ तरल कहीं पग्लिएर, कहीं जमेर ढिका हुन्छ हिमचिम उता ठिकै देख्छु, संगत यता निकै देख्छु डर लाग्छ अचेल तिम्रो, जब दोहोरो भूमिका हुन्छ । मुक्तक -२ कुभलो सोची जति पनि, लगाऊ बल-बुताहरु पछार्न निम्ति खुट्टा तान्न, खियाऊ जति जुताहरु दुनियाँले टाउको खालान्, सारा प्रयास खेर जालान् जति उफ्रे नि कान्लै मुनि, देख्छु सधै 'भ्यागुता'हरु । (बुता- बुद्धि, विवेक) मुक्तक -३ पीडा- वेदना जोगाएर, मेरा ती खुशी फाँसी बनायौ राजधानीमा अरु राखी, सरुवा मलाई काशी बनायौ नियत तिम्रो बुझिएन, मायाले यति त डुबिएन आफ्नै मुटुमा बसालेर, अहिले सुकुमवासी बनायौ । मुक्तक -४ कहिले तृप्त नहुने माया, पिरतीको भोको बनायौ सँगै जिउने सँगै मर्ने, जिन्दगीको धोको बनायौ रहर 'अरु' लत्याइदिएँ, 'होला' भनेर पत्याइदिएँ आफ्नो स्वार्थ पूरा गरी, अहिले बलीको बोको बनायौ । मुक्तक -५ सँगै जिउने मर्ने पहिले, अनेकअनेक नारा हुन्छ उदाए जून अर्कातिर, बिरानो उहीँ तारा हुन्छ बाचा-कसम तोड्ने भए, बीच बाटोमै छोड्ने भए भैगो नदेऊ झुठा कसम, अब त यसै गुजारा हुन्छ । कल्लाबारी, पाल्पा । २०७६ जेठ २२

images
प्रकाशित मिति :जेठ २२, २०७६ बुधवार - २२:०४:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend