Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

राम्रैको पूत्ला पोल्छन् यहाँ ।" - गोम बिक्रमका ५ चोटिला मुक्तकहरू

राम्रैको पूत्ला पोल्छन् यहाँ ।" - गोम बिक्रमका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२२, जेठ २०७६
images
मुक्तक -१ रमितै गर्छौ जैले पनि, खाल्टो खनी खसाएर दुई ढुङ्गाको तरूल झै, चेंपमा पारी फसाएर फेरि पनि सहँदै आयो, अमिलो मन रहँदै आयो खतिभन्दा नि अति गर्छौ, विरोधीलाई हँसाएर ! मुक्तक - २ सम्झ्यो भने माया हजूर, देखे सन्तोष हुँदो रैछ देखाभेट हुँदै नहोस, कलेवरमा छुँदो रैछ आड खोज्दा 'डाली' नहोस, बिराउँदा 'गाली' नहोस 'लगाम'बिना जिन्दगी यो, सोच न कस्तो हुँदो रैछ । मुक्तक - ३ भए भरका चिल्ला कुरा, बखान मेरै नाउले कति ? परि आउँदा लुक्छौ कहाँ, देखे माया काउले कति ? जालमा माछी फसेपछि, आफ्नै रसीले कसेपछि साइनो जोर्छौ नफुत्किने, साख्खै हजुर 'गाउँले' कति ? मुक्तक -४ चाकडी थाल्यौ दलालीको,पिठ्यूभरी धाप देख्छु सन्तान दर-सन्तानसम्म, पाप नि फलिफाप देख्छु अरुका निम्ति बोल्ने गर्थ्यौ, कसूरहरु खोल्ने गर्थ्यौ सारा हिसाब मिलेछ र, अचेल चुपचाप देख्छु !! मुक्तक - ५ आफ्नो सर्त नपरून्जेल, कोरीको पाउ मोल्छन् यहाँ पूरा भए स्वार्थ आफ्नो, तिनैले बिष घोल्छन् यहाँ धूर्तपनले चाल्दै गोटी, निहित स्वार्थ आफ्नो खुशी तल्तिर परून् कतै आफू, राम्रैको पूत्ला पोल्छन् यहाँ । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ जेठ २३

images
प्रकाशित मिति :जेठ २२, २०७६ बुधवार - २२:१६:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend