Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भाग्य चम्किन्न र ? (कविता) (छन्द : स्रग्विणी) - शंकर ढकाल

भाग्य चम्किन्न र ? (कविता) (छन्द : स्रग्विणी) - शंकर ढकाल

सतीश चापागाईं

२२, जेठ २०७६
images
  सत्यकाे हार हाेस् अाज ऐले तर मान्नु पर्दैन गल्ती बिना क्वै डर । त्रास धम्की दिई जे भनून् तस्कर फूलकाे सामु काँडा छ के सुन्दर ।।१।। धेर देखे पुँजी बन्न राजा जन लाेभले मस्त भै सुम्पिए जीवन । त्याे महाभूल हाे शान्त हाेस् सत्मन प्रेम भन्दा कहाँ हुन्छ ठूलाे धन ।।२।। खानलाई गरी छन् भने श्रीकर जाे छ चाेर्ने त्यहीँ दुष्ट हाे वानर । बुद्ध अर्ती दिदाखेरि भागी पर राम जप्दै बसे स्वर्ग भेटिन्छ र ।।३।। स्वप्न बाेकी सयाैँ हिड्नु बेकार हाे जे छ त्यै रम्नु नै जिन्दगी सार हाे । चाहिने भेट्न उद्देश्यलाई बडाे बाबुअामा तथा यारकाे प्यार हाे ।।४।। साहुकाे त्रासले कत्ति छाड्ने घर अाज फालाैँ मिली दु:ख पीडा पर । सूर्यले झैँ छरे दीप हाम्राे कर नित्य सम्पन्न भै भाग्य चम्किन्न र ।।५।। - तानसेन न. पा. - ७ काजीपाैवा, पाल्पा । हाल: महाराष्ट्र नागपुर । (शंकर ढकालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २२, २०७६ बुधवार - २२:२०:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend