Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार प्रकाश घायलका ५ चोटिला मुक्तकहरू

मुक्तककार प्रकाश घायलका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२७, जेठ २०७६
images
मुक्तक -१ विदेशी समान भित्र्याउन पाएपछि देशमा भएको खानी के काम ? न्याय अन्याय छुट्याउन सक्दैन भने त्यो आँखाको नानी के काम ? बजारमा दुध पाउन्जेल गाइ पाल्ने झन्झट कस्ले गर्छ, आयातित पानीले प्यास मेट्नेहरुलाई मेलम्चीको पानी के काम ? मुक्तक -२ छताछुल्ल बैँस पोखिएपछि टिपन टापन गरेँ जसोतसो कठिनसाथ मनभित्र व्यवस्थापन गरेँ जसलाई निकट ठान्थे उसैले दुरी बढाउन थालेपछि, अन्ततोगत्वा बिचैमा मायाको खेल समापन गरेँ । मुक्तक -३ कलिलो भावना निमोठेर मार्नु हुँदैन इमानको लडाइँमा त झन् हार्नु हुँदैन बेचैन हुनसक्छ मायाको सवालहरुमा, प्रतिउत्तरमा कसैलाई आहत पार्नु हुँदैन । मुक्तक -४ भन्नू पनि व्यर्थ हुन्छ कसैले मनमनै गुन्दैनन् भने चिच्याएर बोलाउँदा नि बुझपचाएर सुन्दैनन् भने राज्यको निति नियम र कानूनको के अर्थ रह्यो र, हत्यारा बलात्कारी र भ्रष्टलाई यदी थुन्दैनन् भने । मुक्तक -५ नहोस् काम बरु घुस चाहिँ खुवाउनु हुँदैन बुझ्दैनन् यिनले बित्थामा आँसु चुहाउनु हुँदैन गर्नुपर्छ सत्कर्म मित्रता र शद्भभाव रख्नुपर्छ असहाय दिन-दु:खीलाई कहिल्यै रुवाउनु हुँदैन । - प्रकाश घायल तारकेश्वर नगरपालिका -७ फुटुङ्ग काठमाडौ । प्रकाश घायलको यो मुक्तक साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - ०९:२९:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend