Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल -लोचन 'फूलको थुँगा'

गजल -लोचन 'फूलको थुँगा'

सतीश चापागाईं

२७, जेठ २०७६
images
  किन कुल्चियर गयौ, चाहानाहरू ? भत्किन थाले आस्थाका छानाहरू ।। पक्कै छलकपट थियो तिम्रो मायामा । म जस्तै धेरै होलान् तिम्रा दिवानाहरू।। मुटु साट्दा साट्दै कहाँ हरायौ तिमी । सम्झनामा पोखेछु आँसु दानाहरू ।। सानो हैन यार मेरो मन, महल पो त । बुझिन कस्ता हुन्छन् प्रेम निसानाहरू ।। आखिर फूलको थुङ्गा झार्न खोज्यौ हैन ? तर स्वर्णिम छन् जिन्दगीका पानाहरू ।।   लम्की चुहा न. पा. -१० कैलाली नेपाल हाल : मुम्बई भारत । लोचन 'फूलको थुँगा' को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - ०९:३५:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend