Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कोपिला (कविता) -गंगा लिगल

कोपिला (कविता) -गंगा लिगल

सतीश चापागाईं

२७, जेठ २०७६
images
  कोपिलामै ननिमोठ जीवन नियाल अनमोल छ जीवन प्रभातीय लालिमा हो जीवन आनन्दको प्रतीक हो जीवन ।। पवनको सुसेलीले नव रङ्ग भर्छ प्रकृतिले कालिगढी पल्लवमा छर्छ जीवन नि, यस्तै पार कोपिलाले भन्छ मान्छेलाई प्रकृतिले आफन्तीमा गन्छ ।। यौवनमा बसन्तको न्यानो छाया पर्छ किशोरीको बाल्यकाल जवानीमा सर्छ भुनुनुनु भवराले कोपिलामा गर्दा सङ्गीतले मानिसको मनलाई हर्छ ।। - सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.- ७ हाल : भैरहवा, नेपाल । - गंगा लिगलको यो कविता गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - ०९:५२:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend