२७, जेठ २०७६
यूएईमा सक्रिय साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपालले बजारमा ल्याउन लागेको दोस्रो कृति संयुक्त गजल सङ्ग्रह "अक्षरहरूको सगरमाथा" को विमोचन अक्षरहरूको अावाज सिर्जना वाचन डबली यूएईको अायोजनामा स्रष्टा भेटघाट तथा सिर्जना वाचन श्रृङखला १७ को एक भव्य कार्यक्रमका बीच यही २१ जुन २०१९ (६ अाषाढ २०७६) शुक्रबारको दिन नसा दोहोरी क्लब (रेन्ट्री रोला होटल) वर दुबई , यूएईमा अावाजका बादसाह बहुचर्चित रेडियोकर्मी अच्युत घिमिरे बुलबुलको प्रमुख अातिथ्यमा सम्पन्न हुन लागेको हो ।
"अक्षरहरूको सगरमाथा" ए.डी.बी पब्लिकेशनको प्रकाशनमा बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको १०५ उत्कृष्ट गजलहरूको सङ्ग्रह हो । सङ्ग्रहको सम्पादन द्वय शाश्वत ढुङ्गाना "गोविन्द" र खगेन्द्र न्यौपाने "समरस"ले गर्नुभएको छ ।
यसको अावरण चित्र सौगात अधिकारीले तयार गर्नुभएको हो भने अावरण डिजाइन मनोज केसी"समय" ले गर्नुभएको छ ।
पुस्तकमा सगरमाथा साहित्य प्रतिष्ठानको चिनारी संस्थाका संरक्षक विवेक दुलाल क्षत्रीले प्रस्तुत गर्नुभएको छ भने समीक्षा संस्थाका सल्लाहकार गजलकार टक गुरुङले गर्नुभएको छ । साथमा सङ्ग्रह प्रकाशनार्थ संस्थाको क्रियाशील समितिबाट कृष्ण विश्वकर्मा, समर चेम्जोङ"अाभास", अमन एकल, डिएल घिमिरे, सेल्कर पाख्रिन तामाङ, दूरबस्तिको शिशिर, राजेशराज गड्तौला , चन्द्र सम्बाहाम्फे लगायतको विशेष भूमिका रहेको छ ।
हाल अध्यक्ष कृष्ण विश्वकर्मा रहनुभएको यस सगरमाथा साहित्य प्रतिष्ठान नेपालले २०७१ जेष्ठमा "प्रवासका फूलहरू" संयुक्त कविता सङ्ग्रह प्रकाशित गरिसकेको छ । साथै गत वर्ष मोती जयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय गजल प्रतियोगिता सम्पन्न गरिसकेको छ र सोही प्रतियोगिताका विजयी गजलकारहरूका ५ गजल सहित अन्य ख्यातिप्राप्त १०० गजलकारहरूका उत्कृष्ट गजलहरू समेटेर तयार पारिएको एक उत्कृष्ट सङ्ग्रह हो "अक्षरहरूको सगरमाथा" । जसमा तपसिलका गजलकारहरू समावेश हुनुभएको छ ।
१. अावाज शर्मा
२. नारायणप्रसाद घिमिरे
३. टक गुरुङ
४. जयदेव गोविन्द
५. मनोज भण्डारी
६. शीतल कादम्विनी
७. ईश्वर दाहल
८. प्रदीप रोदन
९. प्रमोद थापा
१०. अखिल धमला "अनुराग"
११. रमेश रसिक
१२. लोकेश सङ्घात
१३. दीप मिलन
१४. सङ्गीता थापा
१५. सुमी पौडेल "मृदुभाषी"
१६. लक्ष्मण सङ्गम
१७.प्रतीक सङ्ग्रामी
१८. नविना रेग्मी
१९. जिएन मगर "मधुरस"
२०. बेहोशी कृष्ण कार्की
२१. लालकाजी श्रेष्ठ
२२. उमेश चन्द
२३. मार्मिक रोशन
२४. नमिता बराल
२५. अञ्जान यात्री
२६. कैलाश भट्ट
२७. दिलु थापा मगर
२८. सुरेश कार्की
२९. पृथक हिमाल अोली
३०. गणेशप्रसाद खतिवडा
३१. गौतम मनीष
३२. वसन्त अोली "वसन्ती"
३३. ज्ञानेन्द्रबहादुर सिंह
३४. प्रकृति प्रेमी
३५. दीप प्रदीप कुमार
३६. दीपक दियालो ढुङ्गाना
३७. मोहन तरामु मगर
३८. इन्धन डी बी भण्डारी
३९. विवेक दुलाल क्षेत्री "दमक"
४०. सुरज विश्वकर्मा "निर्दोष"
४१. कृष्ण विश्वकर्मा
४२. राज यात्री लम्साल
४३. राजु भण्डारी
४४. खगेन्द्र समरस न्यौपाने
४५. सुरज पराजुली "एकान्तप्रेमी"
४६. टीका खड्का "राष्ट्रप्रेमी"
४७. सीता प्याकुरेल
४८. सुनिल अधिकारी
४९. डी. अार. न्यौपाने 'सूर्य'
५०. तपेन्द्र तुफान
५१. नरेन्द्र विहानी
५२. बिन्दा लामा "तृष्णा "
५३. शाश्वत ढुङ्गाना गोविन्द
५४. अजिता दाहल "क्रान्ति"
५५. सन्तोष अम्गाईँ
५६. वसन्त हरियाली
५७. बिराज नेपाल
५८. गोपिकृष्ण लामिछाने
५९. सरोज भण्डारी
६० . नगेन्द्र न्यौपाने
६१. प्रभा अाचार्य
६२. नारायण काइँलो
६३. सिसा थारु चौधरी
६४. सुमन महत
६५. प्रकाश मगर वियोगी
६६. असीम सागर
६७. दीर्घराज गिरी "प्रेयसी"
६८. अनन्त अनुराग
६९. अार्य अायुषा
७०. सेल्कर पाख्रिन तामाङ
७१. अमन एकल
७२. समर चेम्जोङ "अाभाष"
७३. राधा भुजेल
७४. सुमन अज्ञात
७५. सरु सुधा
७६. चन्द्र सम्बाहाम्फे
७७. विपिन मर्म
७८. शिला अस्तु कार्की
७९. बेहोशी भीम रसाइली
८०. मनोज मनसुन
८१. रोहित कुँवर
८२. रचित रेशम
८३. नकुल पौडेल
८४. राजीव सङ्घर्षी
८५. संरक्षण रुपक
८६. लक्ष्मण भन्तना शिरीष
८७. लक्ष्मण कुवँर
८८. जि पि तिवारी
८९. तपन जि.एम "लोफर"
९०. जे. सागर
९१. विक्रम परियार "परिविक्रम"
९२. दलवीर सिंह बरायली "घायल"
९३. रूप रसाइली विश्वकर्मा
९४. सुमित्रा सुमी
९५. रुवी सत्याल
९६. प्रकाश खनाल
९७. सुगम समीप
९८. रञ्जितबाबू नराल
९९. अानन्द श्रेष्ठ
१००. सुरेश प्रसाद अर्याल "कान्छो"
१०१. ऋषिराम पोख्रेल "शिशिर दूरबस्तिको"
१०२. किरण कौशल मेयाङ्बा
१०३. महेन्द्र चापागाईँ
१०४. मन्दिरा मधुश्री
१०५. राम कँडेल "अधीस"
बिदेशी भूमिबाट विमोचन हुन लागेको सङ्ग्रह "अक्षरहरूको सगरमाथा" २१ जुन २०१९ तदनुसार ६ अाषाढ २०७६ बाट यहाँहरूको हातमा अाउँनेछ । सोही कार्यक्रमका बीच अन्य सङ्ग्रहहरू डिल्लीप्रसाद अाचार्यको स्मृति सङ्गालो "झझल्काहरू", उत्कृष्ट १७ कविका संयुुक्त कविताकृति "अनुहारको भीड" तथा मीनराज बाँस्तोलाको बहुचर्चित उपन्यास "पिपिरी" को समेत लोकार्पण हुनेभएको छ । साथमा अावाजका बादसाह अच्युत घिमिरे बुलबुलको विशेष प्रस्तुतिसँगै सिर्जना वाचन डवलीको नियमित कार्यक्रम रचना वाचन तथा श्रवण रहनेछ । जसको संयोजन गजलकार जे. सागरले गर्नुहुनेछ ।
- खगेन्द्र न्यौपाने "समरस"
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार -
०९:५४:४६ बजे