Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार दलु बुढा निश्चलका ५ चोटिला मुक्तकहरु

मुक्तककार दलु बुढा निश्चलका ५ चोटिला मुक्तकहरु

सतीश चापागाईं

२७, जेठ २०७६
images
  मुक्तक - १ जन्मेको यो जन्मभूमि चाडै बिर्सिएछौ बुढा बा-आमा ए निष्ठुरीचाडै बिर्सिएछौ दुई-चार वर्ष के बस्या थ्यौं त्यो परदेशमा, छोराछोरी आफ्नै बुढी चाडै बिर्सिएछौ मुक्तक -२ धेरैले बेचिदिन्छन् यहाँ स्वाभिमान अवगत गराउाछु मैले पाउनु छैन त्यो तिम्रो सम्मान अवगत गराउँछु न कसैको गुलामी बनेर हिड्छु न कसैको हतियार यही हो मेरो बास्तबिक पहिचान अवगत गराउँछु मुक्तक - ३ उसकै यादमा चल्छ धड्कन सबथोक बिर्सिन्छु सम्झिएर अतीतहरु झन झन सबथोक बिर्सिन्छु दुनियाँ सारा बिर्सिएर सानुलाई नै सम्झेको बेला, बहकिन्छ त्यसै त्यसै यो मन सबथोक बिर्सिन्छु । मुक्तक - ४ ए आफन्त ए गाउँ बेसी दुर जाने मन छ अन्तिम चोटी उनलाई भेटी दुर जाने मन छ मेरा सबै कथा, ब्यथा यो माटोलाई सुम्पी यो धर्ती यो संसारदेखि दुर जाने मन छ मुक्तक - ५ जिन्दगीका खाली पाना भर्दै जानुछ जस्तो आए पनि जमाना भर्दै जानुछ किन्तु यो जिन्दगी खरानी नहुँदासम्म, सुख-दुःखका खजाना भर्दै जानुछ । खत्याड गा.पा मुगु हाल - भक्तपुर । - दलु बुढा निश्चलका यी मुक्तकहरु गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - ०९:५७:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend