Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मुक्तककार हरि कंडेलका ५ चोटिला मुक्तकहरु

मुक्तककार हरि कंडेलका ५ चोटिला मुक्तकहरु

सतीश चापागाईं

२७, जेठ २०७६
images
  मुक्तक -१ गरिब सीधा-सादा जनताको आँखा छल्न सकिन्छ गाउँका कलिला कलिला मुनाहरु उखल्न सकिन्छ, प्रहरी प्रशासनदेखि नेतासम्म बिकाउ भएको देशमा, हो बलात्कार गरेर रातारात प्रमाण बदल्न सकिन्छ । मुक्तक -२ नेताज्यू हरेक कुरामा व्यवहारिक हुनुपर्छ, समाजका हितमा मस्तिष्क अधिक हुनुपर्छ, राजतन्त्र गणतन्त्र भन्दै कति पीडा सहनु ? तपाईंहरु होइन अब जनता मालिक हुनुपर्छ । मुक्तक -३ सुन्दरी संसारमा सबै पुरुषको एउटै बिचार हुँदैन तिम्रो रुप राम्रो हुँदैमा प्रेम प्रस्ताव स्विकार हुँदैन मायाकै प्रहारले बन्जर भएको दिलमा बस्नलाई, यौवनको सुन्दरता जीत निकाल्ने हतियार हुँदैन । मुक्तक -४ उज्यालो दीप बनी चारैतिर बल्न सक्नुपर्छ, अरुको पीडालाई खुशीमा बदल्न सक्नुपर्छ, मानव भएर जन्मिएपछि यस धर्तिमा साथी, मैनबत्ती जस्तै अरुका लागि जल्न सक्नुपर्छ । मुक्तक -५ बीच बाटोमा छोडी जानेकै जीवन प्यारो लाग्छ, उनकै नाममा धड्किने यो धड्कन प्यारो लाग्छ, साहित्यमा उनको यादको कलम चल्न थालेपछि, सोध्न मन छ तरबार कि तँलाई घन प्यारो लाग्छ..? नवलपरासी हाल : कुवेत । ✍️ हरि कंडेलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - १०:११:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend