Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार शकुन राईका ५ चोटिला मुक्तकहरू

मुक्तककार शकुन राईका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२७, जेठ २०७६
images
  मुक्तक -१ गमलामा रोपेको फूल जस्तै जिन्दगी अचानक दुखाउने शूल जस्तै जिन्दगी सबैसित नजिक बनी फुलेर झर्नु पर्ने हो बाँचिञ्जेल सम्बन्धको पुल जस्तै जिन्दगी । मुक्तक -२ उहिल्यै उहिल्यै चिट्ठी लेखिन्थ्यो मनका कुराहरू चिठीमै भेटिन्थ्यो सत्ये ! न डिलिट न एडिट हजुर ह्रदयका भावहरू खुरुक्कै समेटिन्थ्यो । मुक्तक -३ त्यो अन्तिम घडी यसरी नै एक्लै लडिनेछ त्यो सेतो कफन चिसो शरीरमा जडिनेछ बाँचिञ्जेल केवल तेरो र मेरो हुनेछ संसारमा हार-जीत बीचमै छोडी चितामा चढिनेछ । मुक्तक -४ हिमाल जस्तै अटल भई बाँच्न पाए हुन्थ्यो नीलो छाता शीरमा ओढी हाँस्न पाए हुन्थ्यो भए भरका शोक सुर्ताहरू सब बगाउँदैँ खोला झैं कलकल गरी नाँच्न पाए हुन्थ्यो । मुक्तक -५ तिमी आफ्नो स्वअस्तित्व त बेची खल्ती भर्दै गर कालो कुटनीतिको चलखेलका चल्ती गर्दै गर म त गुराँस, बैंशले होइन लाजले रातै भा'छु दोहोराइ दोहोराइ तिमी एउटै गल्ती गर्दै गर । मिरिक, दार्जिलिङ्ग । - शकुन राईका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - १०:२१:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend