Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार बिष्णु उपरकोटी 'प्रलय'का ५ चोटिला मुक्तकहरू

मुक्तककार बिष्णु उपरकोटी 'प्रलय'का ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२७, जेठ २०७६
images
  मुक्तक -१ प्रलय अनि प्रह्लाद र आँधीहुरीले सम्म देखेको छैन धनको लागि त्रिनेत्र खुल्ने शिवजीले सम्म देखेको छैन तिमी रकम थन्काउन बैंक छानिरहन्छौ, तर मैले त, आमाको थैली जस्तो गोप्य बैंक अहिले सम्म देखेको छैन । मुक्तक -२ मुटु दिन्छु, तारा दिन्छु भनेको कुरा थाहै भएन यसरी दिनानुदिन स्वयं फसेको कुरा थाहै भएन उसले बाको मुटु बेचेर गर्लफ्रेण्डको उपचार गर्यो भण्डार खनेर आँगन पुरेको कुरा थाहै भएन । मुक्तक -३ पीडा दिने खुशी सबै लिनेलाई, के साइनो लगाउनू ? सारा बाधा अड्चन सुम्पिनेलाई, के साइनो लगाउनू ? गाँस उठाइ, बास उठाइ, जीवन नै बेहाल पारेर, गर्धन काटेर टोपी चिनो दिनेलाई, के साइनो लगाउनू ? मुक्तक -४ मान्छेको छोडी पशुतिर मन जानु स्वाभाविकै हो यसरी वैकल्पिक कुराहरु चाहानु स्वाभाविकै हो बाबा आश्रममा छोडेर, कुकुर किनी उस्ले भन्यो, जाबो बाउ-आमालाई आश्रम लानु स्वाभाविकै हो । मुक्तक- ५ घटिरहने उत्पादन नहुने त्यो क्षण के होला ? उत्पादन नहुने हो भने मनुष्यगण के होला ? छेउमै रहेको फूल ढकमक्कै फुल्दाखेरी पनि, उन्यू अहिलेसम्म नफुल्नुको कारण के होला ? रावा बेसी गा.पा.- १ कुभिण्डे, खोटाङ । - बिष्णु उपरकोटी 'प्रलय'का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - १०:२४:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend