Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - रीना खड्का

गजल - रीना खड्का

सतीश चापागाईं

२७, जेठ २०७६
images
  विछोडको समयमा दुई थोपा अाँसु बगाउँदैछु म दु:ख लुकाई अनुहार हँसिलो बनाउँदैछु म । मुटु मेरो अँध्यारो भयो तिमीले छोडी गएपछि मनको दियो जलाएर रात बिताउँदैछु म । जति मैले चाहे पनि तिमीले मनमा राख्ने हैनौ यो मनको चाहनालाई मनभित्रै लुकाउँदैछु म । यो जिन्दगीमा दु:खको कुनै सीमा नभए पनि एकक्षणको खुशीमा केही दु:ख भुलाउँदैछु म । गयौ त गयौ तिमी मलाई छोडी टाढा भयौ यो मनको फूलकारीमा अरु नै फूल फूलाउँदैछु म । मोगाउँ शाखा. , म्यान्मार । - रीना खड्काको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - १०:३०:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend