Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

"नबोलौँ झैं लाग्छ तिमीसँग" (गीत) -गजेन्द्र मोक्तान

"नबोलौँ झैं लाग्छ तिमीसँग" (गीत) -गजेन्द्र मोक्तान

सतीश चापागाईं

२७, जेठ २०७६
images
  नबोलौँ झैं लाग्छ तिमीसँग तर मन मान्दैन किन होला ? पलपल यादले सताइरहँदा सुसाउँदै बग्छ माई खोला । मनदेखि तिमीलाई झिकेर फ्याँक्न नसक्ने भएँ म तिम्रो रुपको बयान गर्दा कहिल्यै नथाक्ने भएँ म । कुन दिनमा हाम्रो कुरा भो अचम्म लाग्छ प्रियतम ! मेरो दिलमा सधै बास गर्नु जीवनभरलाई स्वागतम । अर्को जुनी कुर्दिन तिमीलाई यही जुनीमा तिम्रो हुनुछ । बॉंचुन्जेल हॉंस्दै रमाउँदै दु:ख-सुखमा सँगै रुनुछ । - फालेलुङ् - १, खुँगा पॉंचथर । गजेन्द्र मोक्तानको यो गीत साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - १३:३१:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend