Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

"कस्तो प्रीति लाउँछौ कुन्नि ? 'कर्तुतहरू' लुकाएर ।" गोम बिक्रमका ५ मुक्तकहरू

"कस्तो प्रीति लाउँछौ कुन्नि ? 'कर्तुतहरू' लुकाएर ।" गोम बिक्रमका ५ मुक्तकहरू

सतीश चापागाईं

२७, जेठ २०७६
images
  मुक्तक -१ सँगै जिउने मर्ने पहिले, अनेकअनेक नारा हुन्छ उदाए जून अर्कातिर, बिरानो उहीँ तारा हुन्छ बाचा-कसम तोड्ने भए, बीच बाटोमै छोड्ने भए भैगो नदेऊ झुठा कसम, अब त यसै गुजारा हुन्छ । मुक्तक -२ नदेखूँ मन छट्पटिन्छ, कल्पना, तल्तली हुन्छ ऐँठन भई सपनीमा, पसिना खल्खली हुन्छ तिम्लाई यस्तो हुँदैन र, मायाले मन छुँदैन र ? जति बिर्सन्छु भन्यो उति, सम्झना झल्झली हुन्छ । मुक्तक -३ पीडा- वेदना जोगाएर, मेरा ती खुशी फाँसी बनायौ राजधानीमा अरु राखी, सरुवा मलाई काशी बनायौ नियत तिम्रो बुझिएन, मायाले यति त डुबिएन आफ्नै मुटुमा बसालेर, अहिले सुकुमवासी बनायौ । मुक्तक -४ असलमाथी दोष थप्ने, खराब तिम्रै भय लाग्छ तेत्तीस हुँदा तिम्रो माया, तेब्बर मेरो सय लाग्छ अमृतमा बिष छर्केपछि, दु:खमा पर्दा तर्केपछि तिम्रो माया त मेरो लागि, केवल अभिनय लाग्छ । मुक्तक -५ कस्तो प्रीति लाउँछौ कुन्नि ? महँगो मूल्य चुकाएर टोलैभरी हल्ला चलाई, सारा कुकुर भुकाएर फूर्ति उस्तै ला'को देख्छु, संचारभरी छा'को भेट्छु थाहै भए नि पर्दाभित्र, 'कर्तुतहरू' लुकाएर । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ जेठ २८

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - १३:५७:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend