Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

उषा शेरचनका पाँच मुक्तकहरू

उषा शेरचनका पाँच मुक्तकहरू

सतीश चापागाईं

२८, जेठ २०७६
images
  (१)                         राय पढेर नसिद्धिने किताब भनेर तपाईंले मलाई भन्न सक्नुहुन्छ हिँडेर नथाक्ने यात्रु हो भनेर तपाईंले मलाई मान्न सक्नुहुन्छ जीवन भन्नू पनि सपना देख्नु रहेछ, त्यसैले सपना देख्नेगर्छु हार नमान्ने हरेक सपनामा तपाईंले मलाई राख्न सक्नुहुन्छ ! (२)                      यसरी किन बज्छ मन मादलमा घरिघरि यसरी? किन डुल्छ मन बादलमा घरिघरि यसरी ? जतिसुकै जोगिएर हिँड्ने प्रयास गरे तापनि किन खस्छ मन खाडलमा घरिघरि यसरी ? (३) अनभिज्ञता बिर्सुँ भन्छु तिमीलाई खोइ केलेे सम्झाउछ ? निको हुनै दिन्न घाउ खोइ केले बल्झाउछ ? हजार पीडाबाट आजित भएर जिन्दगीसँग मुक्ति खोज्दा पनि खोइ केले अल्झाउछ ? (४). जिन्दगी लाग्छ कहिले जिन्दगी उदास अाईतबारे धुनजस्तो लाग्छ कहिले जिन्दगी महङ्गीदै गएको सुनजस्तो साँढेको जुधाईमा परेका निर्दोष बाच्छोलाई देख्दा लाग्छ अचेल जिन्दगी अन्नसँगै पिसिएको घुनजस्तो । (५)                 चुनौती एउटा आवश्यकता पूरा भएको हुन्न अर्को सामुन्ने आइहाल्ने एउटा समस्या सकिएको हुन्न अर्को तुरुन्तै सामुन्ने आइहाल्ने जिन्दगी भन्नू पनि साँच्चिनै चुनौतीकै पहाड नै रहेछ है हजुर एउटालाई नाघ्न पाएको हुन्न अर्को पहाड सामुन्ने आइहाल्ने ! डीबी उषा मार्ग आफलडोल ललितपुर । - उषा शेरचनका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २८, २०७६ मंगलवार - २१:२९:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend